सुनिश्चित महिला कृषि सहकारी संस्थाको नवौ वार्षिक साधारणसभा सम्पन्न

  • मंसिर ४, २०७८
  • ६६० पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : सुनसरीको इटहरी २ मा रहेको सुनिश्चित महिला कृषि सहकारी संस्थाको नवौ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष रेनुका सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लोक गायिका गंगा गौतमले बिभिन्न गितहरू गाएर उपस्थितीहरु लाई मनोरञ्जन गराएकी थिइन् ।

कार्यक्रममा सहकारीले बिभिन्न बुदामा योग्दान पुर्याउने बिशिष्ट ब्यक्तिहरुलाई सम्मान समेत गरेको थियो । त्यस्तै सहकारीका सेयर सदस्य ज्येष्ठ नागरिक गायत्रा दाहाल, एकल महिला तर्फ चिजा दाहाल, मासिक बचतकर्ता उषा देवी धमलालाई पनि सम्मान गरिएको थियो ।

त्यस्तै कार्यक्रममा गत वर्ष सम्पन्न प्लस टुमा उत्कृष्ट नतिजा ल्याउन सफल सेयर सदस्यका छोरा छोरीहरूलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा छात्रा तर्फ जुना कटुवाल, छात्र तर्फ दर्शन कोइराला र हिमाल दंगाल रहेका छन् ।

कार्यक्रममा संस्थाकी अध्यक्ष रेनुका सुवेदिले सहकारीले वर्ष भरी गरेको प्रगति बिवरण तथा आगामी योजनाहरूको बारेमा उपस्थित सेयर सदस्यहरूमाझ प्रतिवेदन प्रस्तुत गरेकि थिइन । कार्यक्रममा संस्थाकी उपाध्यक्ष सुभद्रा प्याकुरेलले स्वागत मन्तब्य राखेकि थिइन भने मिरा दंगालको सम्योजनमा भएको कार्यक्रममा बिशिष्ट अतिथि इटहरी उपमहानगरपालिकाकी सहकारी तथा कृषि शाखा प्रमुख गंगा घिमिरे, महिला शिप बिकाश तालिम केन्द्रकी अध्यक्ष राधिका थापा, सहकारीका सल्लाहाकार कृष्ण प्रशाद भट्टराई लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगर वडा नं २ का वडाध्यक्ष हर्क मगरले अन्य सहकारी संस्थाहरूको तुलनामा सुनिश्चित सहकारीले स्थापनाको छोटो समयमै बेग्लै पहिचान बनाएर भविष्यमा नाम अनुसारकै सुनिश्चित गरिसकेको भन्दै प्रशंसा गरेका थिए ।

बिभिन्न समयमा सहकारीले सदस्यहरु लाई कृषि जन्य फलफुल, तरकारीका बिउ र बिरूवाहरू बितरण गर्दै आएको छ । उक्त सहकारीको सम्पन्न साधारण सभाबाट नयाँ समिति चयन गर्ने संस्थाले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

एमालेको केन्द्रीय कम ...

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुँदैछ । बैठकमा प्रस्तुत गरिए ...

मुख्य खबरहरु
सबै
मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

एमालेको केन्द्रीय कम ...

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुँदैछ । बैठकमा प्रस्तुत गरिए ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved