सुनसरीको इटहरीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

  • कार्तिक ३०, २०७८
  • ६७७ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : सुनसरीको इटहरीमा आयोजित नि:शुल्क स्वास्थ्य शिविरमा परिक्षण गराएका मध्ये ३७ जनाको आँखाको अप्रेसन गर्नु पर्ने भएको छ ।

द साल्भेसन मिसन, लायन्स क्लब अफ इटहरी माल्वीन जोन र न्यु अधिकारी मेडिकलले संयुक्त रुपमा आयोजना गरेको नि:शुल्क एक दिने स्वास्थ्य शिविरमा परिक्षण गराएका ३ सय ५३ जना मध्ये ३७ जनाको मोतियाविन्दुको अप्रेसन गर्नुपर्ने समस्या देखा परेको हो ।

IMG_2017

इटहरी उपमहानगरपालिका वडा नम्बर १ माझी टोलमा आयोजना गरिएको नि:शुल्क स्वास्थ्य शिविरमा रामलाल गोल्छा आँखा अस्पताल र न्यु अधिकारी मेडिकलहरुको प्राविधिक सहयोग रहेको स्वास्थ्य शिविरमा आँखा, सुगर प्रेसर परिक्षण गरिएको थियो । स्वास्थ्य संस्थाहरुको पहुँच सहज नभएका इटहरीका विपन्न परिवारका मानिसहरुलाई स्वास्थ्य उपचार सेवा पुर्याउने उद्धेश्यले नि:शुल्क स्वास्थ्य शिविर राखिएको आयोजक द साल्भेसनका अध्यक्ष मिनकुमार मगरले बताए ।

कोरोना कहरका कारण लामो समय देखि विपन्न वर्गका मानिसहरुलाई स्वास्थ्य सेवाका लागि सञ्चालन हुने गरेका नि:शुल्क आँखा शिविरहरु सञ्चालन हुन नसकिरहेको तर्फ मध्यनजर गर्दै नि:शुल्क आँखा शिविर सञ्चालन गरिएको अर्को आयोजक संस्था लायन्स क्लब अफ इटहरी माल्वीन जोनका अध्यक्ष रितेश श्रेष्ठले बताए ।

नि:शुल्क स्वास्थ्य शिविरमा परिक्षण गराएकाहरुलाई औषधि समेत नि:शुल्क रुपमा प्रदान गरिएको थियो । मोतिया विन्दुको अप्रेसन गर्नु पर्नेहरुलाई रामलाल गोल्छा आँखा अस्पतालमा नि:शुल्क रुपमा गरिने व्यवस्था मिलाइएको द साल्भेसन मिसनका कोषाध्यक्ष निशान लो ले जानकारी दिए ।

सोही अवसरमा स्वास्थ्यसंग सम्बन्धित सिप्ला कम्पनीले श्वास प्रश्वासको अवस्थाको परिक्षण पनि गरि दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved