अस्ट्रेलिया पहिलो पटक टी–२० विश्वकप क्रिकेटको उपाधि जित्न सफल, न्युजिल्याण्ड फेरि अभागी

  • कार्तिक २९, २०७८
  • ६१५ पटक पढिएको
  • न्यू पाटी
alt

एजेन्सी : न्युजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलियाले पहिलोपटक टी–२० विश्वकपको उपाधि जितेको छ ।

युएईमा गएराति भएको फाइनल खेलमा पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनायो । उसका लागि केन विलियमसनले ८५ रन बनाउँदा अष्ट्रेलियाका जस हेजलउडले ३ विकट लिए ।

१ सय ७३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले, १९ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । अस्ट्रेलियालाई जीत दिलाउन मिचेल मार्सले नटआउट रहँदै ७७ रनको महत्त्वपूर्ण पारी खेले भने डेभिड वार्नरले ५३ रनको योगदान दिए ।

लगातार तीनवटा ५० ओभरको विश्वकप जित्ने पहिलो टिम बनेको अस्ट्रेलियाको लागि यो टी–२० विश्वकपको पहिलो उपाधि हो । यसअघि सन् २०१० मा भएको विश्वकपमा अस्ट्रेलिया इंग्ल्याण्डसँग ७ विकेटले पराजित हुँदै उपाधि चुम्नबाट चुकेको थियो ।

टी–२० विश्वकपको पहिलो फाइनल खेलेको न्युजिल्याण्ड पुन: एकपटक अभागी साबित बनेको छ । यसअघि ५० ओभरको विश्वकप फाइनलमा न्युजिल्याण्ड लगातार दुईपटक पराजित भएको थियो । सन् २०१५ मा अस्ट्रेलिया र सन् २०१९ मा इंग्ल्याण्डसँग हारको सामना गर्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved