भैरहवा-विराटनगरको सिधा उडान सुरु भए संगै हवाई मार्ग प्रयोग गर्नेहरुको संख्या दिनप्रतिदिन बड्दै

  • कार्तिक २८, २०७८
  • ९८३ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : नेपाल सरकारको अन्तर प्रदेश हवाई सेवा सञ्चालन गर्ने नीति अनुसार भैरहवा-विराटनगरको सिधा उडान सौर्य एयरलाइन्सले सुरु गरेसंगै हवाई मार्ग प्रयोग गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्न थालेको छ ।

भैरहवाबाट ४ सय ९६ किलो मिटरको दुरीमा रहेको विराटनगर सम्मको यात्रा ४० मिनेटमै सहज रुपमा गर्न सकिने भएका कारण समेत यात्रुहरुको संख्या दिन प्रतिदिन बढी रहेको छ । सौर्य एयरलाइन्सले सरकारी नितिलाई कार्यान्वयन गर्दै भैरहवा-विराटनगरको उडान सुरु गरेसंगै पर्यटन प्रवद्र्धनका दृष्टिकोणले साथै भैरहवा र विराटनगर दुवै औधोगिक नगर भएका कारण पनि पर्यटक, व्यवसायी साथै सर्वसाधारण यात्रुहरुको रोजाईमा हवाई मार्ग पर्न थालेको सौर्य एयरलाइन्सको भैरहवा स्टेसन म्यानेजर जितेन्द्र यादव बताउछन् ।

भैरहवा-विराटनगर सिघा उडानले नेपालको आन्तरिक पर्यटन प्रवद्र्धनका साथै स्थलमार्ग बाट झन्झटीलो रुपमा यात्रा गर्नु पर्ने वाध्यता समेत यात्रुहरुलाई हटेको भन्दै हवाई सेवालाई निरन्तरता दिनु पर्नेमा यात्रुहरुले जोड दिएका छन् ।

यता सौर्य एयरलाइन्सका अध्यक्ष दिपककुमार पोखरले नेपालमै पहिलो पटक जेट एयरलाइन्सबाट आन्तरिक उडान सुरु गरेको सौर्य एयरलाइन्सले विश्वकै वौद्ध धर्मालवम्वीहरुको प्रमुख पर्यटकीय क्षेत्र लुम्विनी-विराटनगरको लामो दुरीको यात्रालाई छोट्याउने काम गरेको वताए । उनले चाडैँ नै चारवटा एटिआर जहाज थपेर अन्य प्रदेसहरुमा पनि अन्तर प्रदेस सिधा उडान गर्ने समेत जानकारी दिए । पर्यटन प्रवद्र्धनका साथै व्यपारीक तथा अन्य यात्रुहरुलाई समेत भैरहवा विराटनगर उडानले सहज वनाएको समेत वताए ।

नेपाल सरकारले काठमाडौ वाहिर पनि अन्य प्रदेसहरुमा अन्तर प्रदेस उडानको नीति लिए बमोजिम सौर्य एयरलाइन्सले भैरहवा-विराटनगरको उडान यही कार्तिक २२ गते देखि नियमित रुपमा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved