पाकिस्तानलाई हराउँदै अस्ट्रेलियाले टी २० विश्वकप क्रिकेटको फाइनलमा, फाइनलमा अस्ट्रेलिया र न्युजिल्यान्ड भिड्ने

  • कार्तिक २६, २०७८
  • ३९० पटक पढिएको
  • न्यू पाटी
alt

एजेन्सी : पाकिस्तानलाई ५ विकेटले हराउँदै अस्ट्रेलियाले टी २० विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ ।

गए राती भएको दास्रो सेमिफाइनल खेलमा टस हारेर पहिले ब्याटिङ् को निम्तो पाएको पाकिस्तानले २० ओभरमा १ सय ७७ रनको चुनौती दिएको थियो । पाकिस्तानबाट मोहम्मद रिजवानले ६७, बाबर आजमले ३९ र फकर जमानले अविजित ५५ रन बनाएका थिए ।

जवाफी ब्याटिङ थालेको अस्ट्रेलियाले कप्तान आरोन फिन्चलाई शुन्यमै गुमाएको थियो । डेभिड वार्नरले ४९ रनको पारी खेलेपनि १०.१ ओभरमा सदाब खानको बलमा मोहम्मद रिजवानले उनलाई आउट गरेका थिए । त्यसपछि दबाबमा देखिएको अस्ट्रेलियाले १२.२ ओभरमा आफ्नो ५ विकेट गुमाइसकेको थियो ।

तर त्यसयता, मार्कस स्टोनिस र म्याथियु व्येडले उत्कृष्ट खेल्दै अस्ट्रेलियालाई खेल जिताए । स्टोनिसले ३१ बलमा २ चौका र २ छक्कासहित अविजित ४० रन जोडे भने व्येडले ४ छक्का र २ चौकासहित अविजित ४१ रन प्रहार गरे । पाकिस्तानबाट सदाब खानले ४ र साहिन शाह अफ्रिदीले १ विकेट लिए ।

फाइनलमा अब अस्ट्रेलियाले न्युजिल्यान्डको सामना गर्नेछ । पहिलो सेमिफाइनल खेलमा इङल्यान्डलाई हराएर न्युजिल्यान्डले फाइनलको यात्रा तय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved