सौर्य एयरलाइन्सले नेपालमा नै पहिलो पटक विराटनगरदेखि भैरहवा को नियमित उडान गर्ने

  • कार्तिक १७, २०७८
  • ६३० पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : नेपाल सरकारले अगाडि सारेको अन्तर प्रदेश उडानको नीति अनुसार सौर्य एयरलाइन्सले नेपालमा नै पहिलो पटक प्रदेश नम्बर १ को विराटनगरदेखि भैरहवा र भैरहवादेखि विराटनगरको नियमित उडान गर्ने भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति पाएपछि सौर्य एयरलाइन्सले यही कार्तिक २२ गतेबाट सो रुटमा दैनिक उडान गर्ने सौर्य एयरलाइन्सका अध्यक्ष दिपककुमार पोखरेलले वताएका छन् ।

लुम्बिनी प्रदेशको भैरहवा र प्रदेश नम्बर १ को राजधानी विराटनगरलाई हवाइ मार्गबाट पहिलो पटक सौर्यले जोड्न लागेपछि अन्तर प्रदेश पर्यटन प्रवर्दनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ । यात्रुहरुलाई हवाई मार्गबाट जोड्न प्राधिकरणसंग अनुमति मागेकोमा हाल एक उडानका लागि अनुमति पाएकाले यही कार्तिक २२ गतेबाट नियमित रुपमा विराटनगर-भैरहवा र भैरहवा-विराटनगरको उडान भर्ने अध्यक्ष पोखरेलले जानकारी दिए । आवश्यकता र यात्रुहरुको माग अनी चापलाई मध्यनजर गरेर आगामी दिनमा उडान थप गरिँदै लाने अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

भैरहवा-विराटनगर र विराटनगर-भैरहवा उडानले भगवान गौतम बुद्धको पवित्र जन्मभूमि तथा धार्मिक पर्यटकीय क्षेत्र लुम्बिनी जान आउने तथा सो क्षेत्रबाट विराटनगरका साथै प्रदेश १ का साथै सिमावर्ती भारतीय क्षेत्रको भ्रमण गर्न आउने जाने पर्यटक, उद्योगी व्यापारी तथा सर्वसाधारण यात्रुहरु समेतको यात्रा सहज र सरल हुने सौर्य एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनालले जानकारी दिनुभयो । स्थलमार्गबाट विराटनगर भैरहवा ४९६ किलोमिटर दुरीमा रहेको भएपनि ५३ मिनेटमै यात्रा गर्न सकिने एयरलाइन्सका बिराटनगर विमानस्थलका स्टेशन मेनेजर प्रकाश पौडेलको भनाइ छ ।

हाल सौर्य एयरलाइन्सले तीन वटा बक्बारडियर कम्पनीको सिआरजे २०० जेट जहाजमार्फत दैनिक विराटनगर-काठमाडौ, भद्रपुर-काठमाडौ, भैरहवा-काठमाडौ, धनगढी-काठमाडौ लगायतका रुटमा करिब एक दर्जन उडान भर्दै आएको छ । सौर्य एयरलाइन्सले चाडैँ नेपालगंज–भद्रपुर–नेपालगंज र राजविराज–काठमाडौं–राजविराजको उडान भर्ने योजना बनाएको पनि अध्यक्ष पोखरेलले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved