थामडाँडामा निर्माण सम्पन्न जैतुन पार्कको उद्घाटन

आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षित गर्ने उद्धेश्य

  • कार्तिक १७, २०७८
  • ४१५ पटक पढिएको
  • न्यू पाटी
alt

मोरङ : उत्तर तर्फ फर्कदा सेताम्मे हिमशिखर र दक्षिण तर्फ फर्कदा तराईका विभिन्न सहरहरु सजिलै देख्न सकिने मोरङकै सबै भन्दा उच्च स्थानमा रहेको थामडाँडामा निर्माण सम्पन्न भएको जैतुन पार्कको एक कार्यक्रमका बीच उद्घाटन गरियो ।

मोरङको केरावारी गाउँपालिका १ मा पर्ने भएपनि धनकुटाको सागुरीगढी र चौविसे गाउँपालिका समेतको संगम स्थलमा पर्ने थापडाँडामा निर्माण भएको जैतुन पार्कको केरावारी गाउँपालिका, सागुरीगढी गाउँपालिका र चौविसे गाउँपालिकाका अध्यक्षहरुले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षित गर्ने गरी थापडाँडामा पिकनिकका लागि टहरा, चिल्ड्रेन पार्क, चिडियाखाना, दृष्यावलोकनका लागि भ्युटावर, नेपाली राष्ट्रियता झल्काउने प्रतिक, ट्रि हाउस, घोडा सवारी लगायतको व्यवस्था रहेको पार्क उद्घाटन पार्कका अध्यक्ष युवराज राईको अध्यक्षतामा भएको थियो ।

केरावारी, सागुरीगढी र चौविसे गाउँपालिकाका अध्यक्षहरु क्रमशः रोहितबहादुर कार्की, कुमारजंग याख्या र खजिन्द्र राईले संयुक्त रुपमा उद्घाटन गरेको पार्क निर्माणका लागि एक करोड ७५ लाख रुपैया लागेको सो अवसरमा जानकारी गराइयो । पार्क निर्माणका लागि पार्कका निर्देशक खड्ग थापा मगरले व्यक्तिगत रुपमा एक करोड ३० लाख खर्च गरेको समेत कार्यक्रममा जानकारी दिइयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved