काराबाओ कप : चेल्सी र आर्सनल क्वाटरफाइनलमा प्रवेश

  • कार्तिक १०, २०७८
  • ४३१ पटक पढिएको
  • न्यू पाटी
alt

एजेन्सी : चेल्सी र आर्सनल काराबाओ कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई पेनाल्टी सुटआउटमा हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा चेल्सी ४–३ गोलले विजयी बन्यो।

पहिलो हाफको अन्त्यतिर काइ हाभर्टजले चेल्सीलाई अग्रता दिलाए थिए तर दोस्रो हाफको सुरुवातमा नै चे एडम्सले बराबरी गोल फर्काएका थिए । त्यसपछि दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

त्यस्तै गएराति नै भएको अर्को खेलमा लिड्स युनाइटेडलाई २–० ले हराउँदै आर्सनल पनि प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलमा आर्सनललाई विजयी गराउन क्यालुम च्याम्बर्स र एन्केतियाले एक एक गोल गरे ।

यसैगरी क्विन्स पार्क रेन्जर्स (क्यू. पि. आर) लाई पेनाल्टी शुट आउटमा ३–१ ले हराउँदै सण्डरल्याण्ड पनि लिग कप फुटबलको क्वाटरफाइनलमा उक्लेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved