शुभकामना आदान प्रदान संगै प्रदेश स्तरिय अन्तरधार्मिक शान्ति सम्वाद कार्यक्रम सम्पन्न

  • कार्तिक ५, २०७८
  • ४०९ पटक पढिएको
  • न्यू पाटी
alt

मोरगं । प्रदेश न. १ लाई आफ्नो भौगोलिक कार्य क्षेत्र बनाई २२ बर्षदेखि निरन्तर सामाजिक सेवामा अभ्यस्त सामाजिक संस्था सामुदायिक विकास मञ्च नेपालले ब्रेड फर द वल्र्डको आर्थिक सहयोग  र अन्तरधार्मिक शान्ति महासंघ नेपाल संगको साझेदारीमा“शान्तिका लागि अन्तरधार्मिक परियोजना”(१ जुलाइ २०२१ देखि३१ डिसेम्बर , २०२१ ) सम्म कार्यान्वयनगर्ने क्रममा अन्तरधार्मिक र सामुदायिक शान्ति प्रवर्दन गर्ने विभिन्न क्रियाकलाप हरु सम्पन्न गरेको छ । 

स्थानिय  स्तरमा अभ्यास गरिएका धर्मका अनुयायीहरु बिच धार्मिक  सहिष्णुता र धार्मिक सद्भाब प्रवर्दन गर्न अन्तरधार्मिक शान्ति सम्वाद कार्यक्रम सम्पन्न भएको छ । 

प्रदेश स्तरीय उक्त कार्यक्रम माहिन्दु , इसाई , किँरात , इस्लाम , स्वर्गिक मार्ग र बौद्ध धर्म गरि जम्मा ६ धर्मका धार्मिक गुरु लगायत अनुयायीहरुको उपस्थित रहेको थियो ।कार्यक्रममा विभिन्न धर्मका मुख्य चाँड पर्वहरुमा धार्मिक अनुयायीहरु बिच शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । 

शुभकामना आदान प्रदान कार्यक्रम किशोर कुमार भट्टराइको अध्यक्षता तथा लेटागं नगरपलिकाकी उप प्रमुख कृष्ण कुमारी निरौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भिन्न भिन्न धर्महरुलाई एकताका् सुत्रमा बाध्दै हरेक मौलिक पर्वहरुको महत्वमा वृद्धि भएको सहभागीहरुले बताएका थिए ।  

यसैगरि समुदायमा व्यप्त लैगिंक हिंसा , लैगिक असमानता र विभेद विरुद्ध कोभिड १९ को कारण समुदायमा भएको लैंगिक हिंसान्युनिकरण सम्बन्धि एक दिवसियतालिम सम्पन्नभएको छ ।  उक्ततालिममा लेटाङ नगरपालिकाको कर्मचारी  लक्ष्मी लामाले सहजीकरण गर्नुभएको थियो ।

प्रदेश स्तरिय उक्त तालिममा किराँत, बौद्ध, हिन्दू, इसाइ, बहाई र स्वर्गिक मार्ग गरी जम्मा ६ धर्मका अगुवा तथा अनुयायीहरुको सहभागिता रहेको थियो । 

समुदायमा कोभिड १९को कारण वृद्धिभएको लैगिकतथा घरेलु हिंसा न्यनिकरणगरि समुदायमा सामाजिक सद्भाव र शान्तिकायमगर्न उक्तकार्यक्रमले सहयोग पुगेको कुरा सहभागीहरुले व्यक्त गरेका छन् । 

साथै कोभिड १९ को कारणमानसिक रुपमा पर्न सक्ने असरसम्बन्धिधार्मिक अ्गुवाहरुको लागिप्रदेश स्तरीय एक दिवसीयतालिम सम्पन्नभएको छ ।

 उक्त तालिममा लेटाङ नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख तथा जन स्वास्थ अधिकृत दिनेश कुमार चौधरीले सहजीकरण गर्नु भएको थियो भने तालिममा किराँत, बौद्ध, हिन्दू, इसाइ र स्वर्गिक मार्ग गरी जम्मा ५ धर्मका अगुवा तथा अनुयायीहरुको सहभागिता रहेको थियो ।

 समुदायमा कोभिड १९ को कारण वृद्धि भएको मानसिक असर न्यूनिकरण गर्नको लागि धार्मिक अगुवाहरुको सीप तथा क्षमता विकास भएको साथै मानसिक स्वास्थ्य , यसको असर तथा रोकथाम र न्युनिकरणका उपायहरुका बारेमा सहभागीहरु लाई सहजिकरण गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

एमालेको केन्द्रीय कम ...

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुँदैछ । बैठकमा प्रस्तुत गरिए ...

मुख्य खबरहरु
सबै
मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

एमालेको केन्द्रीय कम ...

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुँदैछ । बैठकमा प्रस्तुत गरिए ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved