बैंक लुटपाट प्रकरण : लाखौं लिएर फरार भएका थप एक जना लुटेरा पक्राउ

  • कार्तिक २, २०७८
  • ५७५ पटक पढिएको
  • न्यू पाटी
alt

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ कर्सियास्थित सिटीजन्स बैंकदेखि लाखौं रूपैयाँ लुटपाट गर्ने थप एक जना भारतीय नगारिक पक्राउ परेका छन् ।मोरङ प्रहरीको विशेष प्रहरी टोलीले बैंक लुटपाटमा संलग्न थप एक जना भारती नागरिकलाई पेस्तोसहित पक्राउ गर्न सफल भएको हो ।

प्रहरीले भारत अररीया जिल्लाका २२ वर्षिय रोशन यादवलाई पक्राउ गरेको हो । प्रहरीले उनलाई भारतदेखि पक्राउ गरेर ल्याएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

पक्राउ परेका यादवले बैंकदेखि लुटपाट गरेको रकम लिएर फरार भएको र लुटपाटमा संलग्न मुख्य गिरोह रहेको अनुसन्धानमा संलग्न प्रहरीका अधिकारी बताउँछन् । ‘पछिल्लो समय पक्राउ परेका अभियुक्तले बैंकदेखि लुटपाट गरेको रकम लिएर फरार भएका मुख्य अभियुक्त हुन् । उनैले बैंकदेखि लुटपाट गरेको रकम लिएर सीमावर्ती क्षेत्र हुदै भारतर्फ फरार भएका थिए । फरार भएका घटनाको मुख्य अभियुक्तलाई पक्राउ गर्न सफल भएका छौं,’ घटनको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने । पक्राउ परेको यादवको साथदेखि प्रहरीले एक थान पेस्तोल पनि बरामद गरेको छ ।

प्रहरीले लुटेरालाई पक्राउ र पेस्तोल बरामद गरेपनि बैंकदेखि लुटेको पैसाँ भने बरामद गरेको छैन । ‘बैंकदेखि लुटिएको रकम खर्चिन त्यती सजिलो छैन । ढिलो चाडो लुटिएके रकम फेला पर्छ,’ एक अनुसन्धान अधिकृतले भने ।

दिनदहाडै बैंक लुटपाटको घटनाको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर, मोरङ प्रहरी र इलका प्रहरी कार्यालय रंगेलीले संयुक्त रुपमा अनुसन्धान गर्दै आएको छ ।

बैंक लुटको घटनामा संलग्न तीन जना यसअघि नै पक्राउ परेका थिए । थप एक जना पक्राउ परेको र घटनाको बारेमा मंगलबार प्रेस विज्ञप्ति मार्फत् जानकारी दिइने मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए । गत सोमबार अपराह्न बैंक लुटेर भाग्ने क्रममा प्रहरीले एक नेपाली नागरिक र दुई भारतीयलाई पक्राउ गरेको थियो । प्रहरीले यसअघि भारतको अररीया जिल्लाको शिवपुरदेखि ३२ वर्षीय सुनिल यादव, भारत गौराहाका ३५ वर्षिय बिजय बहरदार र विराटनगरका ३२ वर्षीय श्याम मुखियालाई पक्राउ गरेको थियो । उनीहरुको बयानको आधारमा प्रहरीले थप एक जना पक्राउ गर्न सफल भएको हो । उक्त समूहले २२ असोजमा विराटनगरको वडा प्रहरी कार्यालय ‘क’ मेनरोडस्थित कपडा पसलमा भएको लुटपाटको घटनामा पनि संलग्न भएको प्रराम्भिक चरणको अनुसन्धानदेखि खुलेको छ । ‘विराटनगरको गार्मेन्टमा भएको लुटपाटको घटना पनि बैंक लुटपाटन गर्ने गिरोहले स्वीकार गरिसकेका छन्,’ घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकारीले भने, ‘अहिले प्राविधिक पक्षबाट पनि अनुसन्धान गर्ने काम भइरहेको छ । त्यसपछि घटनाको बारेमा विस्तृत जानकारी दिने तयारी गरिएको छ ।’

कर्सियाको बैंकबाट २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ भेटिएको छैन । सो रकम हतितयारसहित आएका आठ जनाको लुटेरा समूहले नै लुटेर लगेको निष्कर्षमा प्रहरी प्रशासनले गरेको छ । लुटिएको रकम बरामद गर्न प्रयास गरिरहेको प्रहरीले जनाएको छ । पक्राउ र फरारमध्ये केही अभियुक्तहरु भारतमा पनि ‘वान्टेड’ सूचीमा रहेकाले भारतको अररिया प्रहरीलेसमेत उनीहरुलाई खोजिरहेको छ । बैंक लुटपाटमा ८ जनाको संलग्न रहेको अनुसन्धानमा संलग्न प्रहरीका अधिकारीहरु बताउँछन् ।

घटनाको मुख्य अभियुक्तहरु पक्राउ परिसकेको हुनाले थप चार जनालाई पक्राउ गर्न प्रहरी लागि परेको छ । प्रहरीका अनुसार सीसीटीभी फुटेजमा पाँच लुटेरा बैंकभित्र र अरु दुई बाहिर बसेको खुलासा भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved