नेकपा एकीकृत समाजवादीका झापाबाट पाँच र इलामबाट तीन जना केन्द्रीय सदस्यमा मनोनयन,झापा जिल्ला अध्यक्ष रेग्मी घाइते

  • कार्तिक १, २०७८
  • ४०९ पटक पढिएको
  • न्यू पाटी
alt

झापा । नेकपा एकीकृत समाजवादी०का तीन मन्त्री पार्टीमा विभागीय जिम्मेवारीविहीन भएका छन् ।गत बिहीबार एकीकृत समाजवादीले अन्तरपार्टी निर्देशिन अपानि–२० जारी गर्दै विभागीय जिम्मेवारी बाँडफाँट गरेको छ । जसमा तीन मन्त्री विभागीय जिम्मेवारीविहीन भएका हुन् ।

एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रहेका ​स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, सचिव तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ पार्टीमा विभागीय जिम्मेवारीविहीन भएका हुन् ।

तर एक मन्त्री र एक राज्यमन्त्रीले भने पार्टीमा थप जिम्मेवारी पाएका छन् । पार्टीका पोलिटब्युरो सदस्य रहेका संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेश सहइञ्चार्जको जिम्मेवारी पाएका छन् । त्यस्तै वैैकल्पिक पोलिटब्युरो सदस्य तथा स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले तेह्रथुम जिल्ला इञ्चार्ज पाएका छन् ।

सरकारमा काम गर्ने वतावरण राम्रो बनोस् भनेर तीन मन्त्रीलाई विभागीय जिम्मेवारी नदिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवाडाले बताए ।यसैबीच नेकपा एकिकृत समाजवादीमा झापाबाट पाँच जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ ।

समाजवादी पार्टीको केन्द्रीय कमिटीमा पुष्प पोखरेल , लोकबन्धु कन्दङ्वा , इन्द्र बुढाथोकी , शारदा घिमिरे र अशेष घिमिरे मनोनित भएका हुन् । केन्द्रीय सदस्यमा मनोनयन भएका पोखरेल एमालेका पूर्व सांसद हुन् ।
त्यस्तै केन्द्रीय सदस्यमा मनोनयन भएका कन्दङ्वा पनि एमालेमै रहेका थिए । साविक अनारमनी नगरोन्मूख गाविसका उपाध्यक्ष रहेका कन्दङ्वा एमाले छोडेर केही वर्षदेखि स्वतन्त्र बामपन्थी रहेका थिए ।

बुढाथोकी दमकका पूर्व मेयर हुन् भने मेचीनगर इटाभट्टा निवासी शारदा घिमिरे पूर्व शिक्षिका हुन् । त्यस्तै अशेष घिमिरे अखिलका पूर्व केन्द्रीय नेता हुन् । उनी जनता टेलिभिजनमा आवद्ध रहेका छन् ।त्यस्तै इलामबाट नेकपा एकिकृत समाजवादीमा तीनजना केन्द्रीय सदस्य मनोनयन भएका छन् । समाजवादी पार्टीको केन्द्रीय कमिटीमा जिल्ला अध्यक्ष भक्त केसी, खिनु लङ्वा र रामचन्द्र पराजुलीलाई मनोयनन गरिएको हो ।

केन्द्रीय सदस्यमा मनोनयन भएका केसी इलामका पुराना कम्युनिष्ट नेता हुन् । उनी नेकपा एमालेका जिल्ला उपाध्यक्ष थिए । एमाले विभाजनपछि बनेको समाजवादी पार्टीको जिल्ला अध्यक्ष रहेका छन् । त्यस्तै केन्द्रीय सदस्यमा मनोनयन भएकी खिनु लङ्वा लिम्बु प्रदेश एकको प्रदेशसभा सदस्य हुन् । इलाम क्षेत्र नम्बर एकको ‘क’ बाट निर्वाचित लङ्वा विकासवादी नेतृको रुपमा मतदातासँग लोकप्रिय छिन् ।

त्यसैगरी समाजवादीका केन्द्रीय सदस्यमा मनोनयन भएका रामचन्द्र पराजुली इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसका सेवानिवृत्त सहप्राध्यापक हुन् ।यता नेकपा एकिकृत समाजवादी पार्टीका झापा जिल्ला अध्यक्ष वेदराज रेग्मी मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् ।

मलामी पुगेर बाह्रदशीको चकचकीस्थित घर फर्कदै गर्दा उनी चढेको मोटरसाइकल आज साँझ बाह्रदशी ७ मा दुर्घटनामा परेको हो । बाटो काट्दै गरेकी बृद्धालाई जोगाउन खोज्दा उनी सवार मोटरसाइकल पल्टिएको थियो । घाइते रेग्मीको बिएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको उनका भतिज तेजप्रसाद रेग्मीले बताए । घाइतेको अनुहारमा चोट लागेको र अबस्था खतरामुक्त रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

एमालेको केन्द्रीय कम ...

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुँदैछ । बैठकमा प्रस्तुत गरिए ...

मुख्य खबरहरु
सबै
मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

एमालेको केन्द्रीय कम ...

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुँदैछ । बैठकमा प्रस्तुत गरिए ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved