जम्मु–कश्मिरमा भारतीय सेना र आतंकवादीबीच भिडन्त, २२ जना मारिए

  • कार्तिक १, २०७८
  • ५२२ पटक पढिएको
  • न्यू पाटी
alt

नयाँदिल्ली । भारतको केन्द्र शासित प्रदेश जम्मु–कश्मिरमा गत सोमबारदेखि जारी सेना र आतंकवादी समूहबीचको मुठभेडमा २२ जना मारिएका छन् ।

मारिनेमा नौं जना भारतीय सेना छन् । यसैगरी भारतीय सेनाले आतंकवादी समूहका १३ जना जनालाई मारेको दाबी गरेको छ । भारतीय सेनाले गत सोमबार सरनकोटको एक गाउँबाट आतंकवादी समूहविरुद्ध अपरेसन शुरु गरेको थियो । अपरेसनको पहिलो दिनमै सेनाका एक जना जुनियर अफिसरसहित पाँच जना मारिएका थिए । सेनाको अभियानको दोस्रो दिनपछि फेरि दोहोरो गोली हानाहान भयो र थप दुई जवान मारिए ।

अहिले पनि सेना र आतंकवादी समूहबीच पुँछ र राजौरीको घना जंगलमा मुठभेड जारी रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यसबीच कश्मिरको कुलमागमा आइतबार दुई जना गैरकश्मिरी नागरिकको गोली हानेर हत्या भएको छ ।

मारिनेहरुमा उत्तर प्रदेशको सहरानपुरका सगीर अहमद र बिहारको बाँका क्षेत्रका अरविन्दकुमार साह छन् । अरविन्द कुमार श्रीनगरको इदगाहा भन्ने ठाउँमा पानी पुरी बेच्ने गर्दथे । उनी मारिएको एक घण्टापछि कश्मिरको पुलवामा सगीर अहमद मारिए । उनी काठको मिस्त्री थिए । उनीहरुलाई आतंकवादी समूहले गोली हानेर मारेको दाबी गरिएको छ ।

त्यसअघि शनिबार पनि दुई जना मजदुरको गोली हानेर हत्या गरिएको थियो । सर्वसाधारण व्यक्तिको हत्यापछि कश्मिरका राजनीतिक दलहरुले आक्रोश व्यक्त गरेका छन् । यो हत्यापछि भारतीय सुरक्षा बलले थालेको अपरेशनको क्रममा १३ जना आतंकवादीलाई मारेको दाबी गरिएको छ ।

आतंकवादी समूह र सेनाबीच मुठभेड जारी रहेको बेला जम्मु–कश्मिरमा देशविरोधी गतिविधिमा सामेल भएको भन्दै सरकारी कर्मचारीलाई बर्खास्त गर्ने अभियान पनि चलिरहेको छ । पछिल्लो पटक जम्मु–कश्मिर प्रशासनले अलगाववादी नेता भनेर चिनिने सइद अली शाह गिलानीको नाती अनिल उल इस्लाम र एक जना शिक्षकलाई जागिरबाट बर्खास्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved