प्रचण्ड र माधव कम्युनिस्टको नाममा कलङ्क हुन : प्रभु साह

  • आश्विन ३१, २०७८
  • ४४५ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाण्डाै । नेकपा एमालेका नेता प्रभु साहले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अब  पुष्पकमल दाहाल मात्र रहेको टिप्पणी गरेका छन् ।

गृह जिल्ला रौतहटमा नेपालीहरुको महाचाड बडादसैँ दिपावली तथा छठपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता साहले माओवादीको सिद्धान्त छोडेर प्रतिक्रियावादीको पछिपछि लागेकाले अब प्रचण्ड पुष्पकमल दाहाल मात्र रहेको आरोप लगाएका हुन् । 

साहले माओवादी र कम्युनिस्टको नाउँमा भोट लिएर शेरबहादुर देउवाको पछि लागेका प्रचण्ड र  माधव नेपाल कुनै पनि हालतमा  कम्युनिस्ट नभएको दाबी गरे ।

माओवाद भनेको इमानदार, विकासप्रति लगनशील, सहिदको सपना साकार गर्ने हुन्छ तर आफ्नो स्वार्थको निमित्त  सबै सरकारमा सहभागी हुने नीति बोकेका प्रचण्ड कुन एङ्गलबाट माओवादी हुन् ? उनको प्रश्न छ,कम्युनिस्टको भोट लिएर  प्रतिक्रियावादीको खुट्टामा सता चढाउने माओवादी होइन साच्चै अर्थमा गद्दार हुन् । कम्युनिस्टको नाममा कलङ्क हुन् । 

रावण र महिसासुर सतामा मातिए जसरी प्रचण्ड र नेपाल मातिएर केपी ओली प्रधानमन्त्री बनेको ६ महिनामै देउवातर्फ लागेर देशलाई पछाडि धकेल्ने काम गरेको आरोप लगाए ।

देशको व्यवस्थाकै कमी कमजोरीको कारण पछिल्लो ५ वर्षको अवधिमा ६ सरकार र सबैमा प्रचण्डको उपस्थिति भएको साहले बताए । प्रचण्ड लाई ६२ सालसम्म्मा कसैले नचिन्ने अवस्था थियो ।

कतिपयले पारस नै प्रचण्डको भन्थे । तर नेपाली जनताले आफ्नो ज्यानको आहुति दिएर प्रचण्डलाई राष्ट्रिय नेता बनाए । उनै प्रचण्डले  जनतालाई धोका दिएका छन् तर जनता लाई धोका दिने सधै  बेघर हुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

एमालेको केन्द्रीय कम ...

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुँदैछ । बैठकमा प्रस्तुत गरिए ...

मुख्य खबरहरु
सबै
मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

एमालेको केन्द्रीय कम ...

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुँदैछ । बैठकमा प्रस्तुत गरिए ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved