साफ च्याम्पियनसिप फाइनल : अन्जनले खेल्न नपाउने, भारतीय प्रशिक्षक र दुई खेलाडी मैदान बाहिर

  • आश्विन २९, २०७८
  • ३५० पटक पढिएको
  • न्यू पाटी
alt

काठमाण्डाै ।  पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपालले उपाधिका लागि भारतसँग खेल्दैछ । भारतविरुद्ध मैदान उत्रदै गर्दा नेपाली टोलीसँग मुख्य खेलाडी अन्जन विष्ट मैदान बाहिर रहनेछन् । उनी दोहोरो पहेलो कार्डका कारण मैदान बाहिर हुने भएका हुन् । भारतीय टोलीका पनि मुख्य प्रशिक्षकसहित महत्वपूर्ण दुई खेलाडी मैदान बाहिर रहनेछन् । 

सेमिफाइनल खेलमा रातो कार्ड पाएका भारतीय प्रशिक्षक इगोर स्टिमाचले शनिबार हुने फाइनल खेल गुमाउने भएका हुन् । दुई मुख्य खेलाडीले पनि फाइनलमा देखिने छैनन् । 

इगोरले माल्दिभ्सविरुद्ध खेलमा दुई पटक पहेंलो कार्डपछि रातो कार्ड पाएका थिए । भारतका लागि भरपर्दाे डिफेन्डर सुभासिस बोसले पनि फाइनलमा हुने छैनन् । उनले पनि दुई पहेंलो कार्ड पाएका छन् । भारतका फरवार्ड फारुख चौधरी पनि फाइनल खेलमा हुने छैनन् । उनी चोटका कारण मैदान बाहिर रहने बताइएको छ । लिग चरणको खेलमा नेपालमाथि १–० ले भारत विजयी हुँदा फारुखले  सुनिल क्षेत्रीलाई बल असिस्ट गरेका थिए । 

 नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पनि दुई पहेलो कार्ड पाएका थिए । श्रीलंका र बंगलादेशसँग पहेंलो कार्ड पाएपनि उनले फाइनल खेल गुमाउने छैनन् ।  अफिसियलले एकै खेलमा रातो कार्ड पाए मात्रै प्रतिबन्ध लाग्छ । भारतका महत्वपूर्ण दुई खेलाडीसहित प्रशिक्षक मैदान बाहिर रहेकाे फाइदा नेपाली टाेलीले उठाउने छ । 

साफकाे फाइनलमा पहिलाे पटक पुगेकाे नेपाली टाेली उपाधि जित्दै इतिहास रच्ने प्रयासमा छ । साफकाे उपाधि जितिकाे खण्डमा कप्तान किरण चेम्जाेङकाे सपना पनि पुरा हुनेछ । केहीसमयअघि चेम्जाेङले आफ्नाे ठूलाे सपना साफकाे उपाधि उचाल्ने रहेकाे बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

एमालेको केन्द्रीय कम ...

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुँदैछ । बैठकमा प्रस्तुत गरिए ...

मुख्य खबरहरु
सबै
मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

एमालेको केन्द्रीय कम ...

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुँदैछ । बैठकमा प्रस्तुत गरिए ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved