प्रदेश १ का पर्यटकीय क्षेत्रहरु अझै ओझेलमा

  • आश्विन २४, २०७८
  • ५२८ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । प्रदेस नम्बर १ प्रचुर पर्यटकीय संभावना वोकेको प्रदेस भएपनि प्रचारप्रसारको अभावमा कतिपय पर्यटकीय क्षेत्र अझै पनि ओझेलमा परिरहेको सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले गुनासो गरेका छन ।

वडा दशैं,शुभदिपावली,छठ लगायतका चाडपर्वहरुको अवसर पारेर होटल व्यवसायी संघ इटहरीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका वक्ताहरुले प्रचारप्रसारको अभावमा प्रदेसमा रहेका कतिपय पर्यटकीय क्षेत्रहरु ओझेलमै पर्दै आएको गुनासो गरेका हुन ।

होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीको अध्यक्षता तथा संघीय सांसद सिताराम मेहताको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुर्व क्षेत्र पर्यटकीय दृष्टिकोणले महत्वपुर्ण हिसा रहेको समेत चर्चा गरियो ।

कार्यक्रममा वोल्दै आन्तरिक पर्यटन पुनरउत्थान समिति प्रदेस नम्बर १का संयोजक भविष श्रेष्ठले प्रदेस नम्बर १ मा भौगोलिक सुन्दरता प्राकृतिक सुन्दरता हिमाल ,पहाड देखि तराई सम्मको विभिधता धार्मिक पर्यटकीय क्षेत्र प्रस्तत रहेको जानकारी गराए । कार्यक्रमका प्रमुख अतिथी मेहताले सरकारले होटल व्यवसायी लगायत सवै जनतालाई कोरोना विरुद्धको खोप लगाई दिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा उत्कृष्ट काम गर्ने तीन कर्मचारीहरु विशाल प्रधान, राजु श्रेष्ठ र प्रमोद थापालाई प्रशषा पत्रले सम्मान गरियो । संघ पुर्व अध्यक्ष मणीन्द्र कटुवालले स्वागत मन्तव्य राखेको कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय सभापति राजिव ढुंगाना , नेपाली काँग्रेस इटहरीका सभापति हेमकर्ण पौडेल , राष्ट्यि खेलकुद परिषदका पुर्व सदस्य सचिव केशवकुमार विष्ट उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेल , जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजबहादुर पुरी , नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी लगायतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved