महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न

  • आश्विन २३, २०७८
  • ६२८ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : बहुसंख्यक महिला सदस्यहरु रहेको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीले गत आर्थिक वर्षमा मात्रै ४३ करोड वढी ऋण लगानी गरेको छ ।

महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक साधारणसभा तथा २४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष अमृता सुब्बाले आर्थिक वर्ष २०७७÷७८मा मात्र ४३ करोड ८३लाख ६५हजार ३सय ६६ रुपैया ऋण लगानी भएको जानकारी गराएकी हुन ।

अध्यक्ष सुब्बाले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदनमा ३८ करोड ८० लाख ८६ हजार ५ सय ८४ रुपैया ऋण असुली भएको र कुल लगानी हाल ४९ करोड ४९ लाख ११ हजार ३ सय ९३ रुपैया रहेको उल्लेख गरिएको छ । त्यसै गरी संस्थाले १ करोड ८२ लाख ४८ हजार २ सय ८३ रुपैया दुख नाफा समेत गरेको पनि उल्लेखित छ ।

सहकारी महासंघकी वरिष्ट उपाध्यक्ष ओमदेवी मल्लको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा महिनाको उत्कृष्ट सदस्य सम्मानबाट १२ र सदस्य विस्तारमा उल्लेखिय सहयोग गर्ने १५ भन्दा वढी सदस्य वनाउनेहरुलाई समेत सम्मान गरिएको थियो। कार्यक्रममा १ नम्बर प्रदेस सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार बलराम निरौला , राष्ट्यि सहकारी महासंघका सञ्चालक समिति सदस्य शिवकुमार डाँगी , दुर्गा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुवेर शर्मा लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved