सुनसरीबाट अपहरणमा परेका बाललकाे १० घण्टा पछि शकुसल उद्धार

  • आश्विन २३, २०७८
  • ५९३ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । कोशी गाउँपालिका-७ नेपाल भारत सिमा नजिकैबाट अपहरणमा परेका १३ वर्षीय बालकलाई प्रहरीले सकुशल उद्दार गरेको छ । साथै अपहरणमा संलग्न रहेको अभियोगमा भारत सुपौल ग्राम पंचायत बलबदैपुर-६ बैरयाकमाल बस्ने मुकुम मिँयालाई प्रहरीले पक्राउ गरेको छ ।

बालक अपहरणमा परेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले भारतीय प्रहरी समेतको सहयोगमा खोजी गर्ने क्रममा मिँयाले अपहरण गरी घरमा राखेको अवस्थामा फेला पारी ती बालकको उद्दार गरेको हो ।

मिँया नेपालबाट भारततर्फ नेपाली ज्याला मजदुरी गर्ने कामदारहरु लैजाने ठेक्दार रहेकोमा मिँयालाई नेपाली कामदारहरु १५/२० जनाको संख्यामा उपलब्ध गराई दिन्छु भनि नेपालतर्फ सुनसरी कोशी गाउँपालिका-७ बस्ने भुल्टन सदा लगाएत ५ जनाले अग्रिम २ लाख पैसा भुक्तानी लिई कामदार नपठाएपछि मिँया लगाएतको समूहले भुल्टन सदाको गाउँकै ती बालकलाई अपहरण गरी कुटपिट समेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

अपहरण मुक्त भएका ती बालकलाई अभिभावकको जिम्मा लगाउनुका साथै मिया उपर अपहरण तथा शरीरबन्धक शीर्षक अन्तर्गत थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved