सीमाक्षेत्रमा हुने आपराधिक क्रियाकलाप रोक्न दुई देशका सुरक्षा बलबीच सहमति

  • आश्विन २२, २०७८
  • ४३४ पटक पढिएको
  • न्यू पाटी
alt

बिराटनगर । नेपाल–भारतको सीमाक्षेत्रमा हुने आपराधिक क्रियाकलाप रोक्न सशस्त प्रहरी बल र भारतीय एसएसबीबीच सहमति भएको छ । भारतको नयाँ दिल्लीमा बसेको बैठकमा दुई देशका सीमा सुरक्षाकर्मीबीच उक्त सहमति भएको हो ।

सीमाक्षेत्रमा भइरहेका आपराधिक क्रियाकलाप नियन्त्रण गर्न दुई देशका सुरक्षा बलबीच सम्बन्ध र सहकार्य बढाउने सहमति जुटेको हो । फिल्डमा खटिने टोलीदेखि माथिल्लो तहसम्मका अधिकारीहरूबिच नियमित समन्वय राख्ने सहमति भएको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिए ।

हरेक तहका कमान्डरले आफ्ना समकक्षीसँग सीमा अपराध नियन्त्रण, आममानिसलाई सहजता प्रदान गर्ने सम्बन्धमा नियमित छलफल गर्ने विषय दुवै सुरक्षा बलका प्रमुखहरूले जोड दिएका छन् ।

नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले र भारतका तर्फबाट एसएसबीका प्रमुख महानिर्देशक कुमार राजेश चन्द्रले बैठकको नेतृत्व गरेका थिए । बैठकको समापनमा दुवै उच्च अधिकारीहरूले १२ बुँदे समझदारीमा हस्ताक्षर गरेका छन् ।

बैठकमा भारतीय पक्षले नेपालमा आतङ्ककारी गतिविधि गर्ने व्यक्तिहरु नेपालको बाटो हुँदै भारत प्रवेश गर्न सक्नेतर्फ ध्यानाकर्षण गराउँदै त्यसमा विशेष सहयोगको अपेक्षा राखेको महानिरीक्षक खनालले बताए ।

नेपालले पनि विभिन्न तेस्रो मुलुकका व्यक्ति भारत हुँदै नेपाल पसेर शरणार्थी वा अवैध रूपमा बस्ने भएकाले त्यसमा एसएसबी चनाखो भइदिनु आग्रह गरेको छ । नक्कली नोट, लागूऔषध, तस्करीलगायत अन्य अपराधजन्य कार्यलाई नियन्त्रण गर्न दुवै पक्षबीच सहकार्यलाई बढाउने समझदारी भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved