प्राइड हस्पिटालिटी प्रा. लि. को प्राइड क्लिक्स् वेवसाइट र मोवाईल एप सञ्चालनमा

वेवसाइट र मोवाईल एपको प्रयोग गरी होटल बुक गर्न सकिने

  • आश्विन १६, २०७८
  • २१४५ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : इन्टरेनेटको माध्यमबाट होटल बुकिङ गर्न सकिने गरि प्राइड हस्पिटालिटी प्रा. लि. ले प्राइड क्लिक्स् वेवसाइट र मोवाईल एप प्रयोगमा ल्याएको छ ।

सुनसरीको इटहरीमा रहेको गोरखा होटलमा एक कार्यक्रमको आयोजना गरी प्राइड हस्पिटालिटी प्रा. लि. ले वेवसाइट र मोवाईल एपको प्रयोग गरी होटल बुक गर्न सकिने सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको हो ।

होटल बुकिगंका लागि वेवसाइट र मोवाईल एप प्रयोग गर्न सकिने व्यवस्था मिलाएको वताउदै वेवसाइट र एपमा सुचिकृत भएका होटलहरु जहाँसुकैबाट वुक गर्न सकिने प्राइड क्लिक्सका अध्यक्ष नितेश पोखरेलले जानकारी दिए । यस अघि देखि नै वेवसाइटका माध्यमबाट होटलहरु हेरेर वुक गर्न सकिने व्यवस्था मिलाइएकोमा अव चाडै मोवाईल एपबाट पनि गर्न सकिने व्यवस्था मिलाउने समेत पोखरेलले वताए । यस प्रकारका वेवसाइट र एपमा सुचिकृत गर्न विदेशी कम्पनीहरुले होटलसंग निश्चित पैसा लिने गरेको भएपनि प्राइडमा सुचिकृत हुन शुल्क नलाग्ने समेत सो अवसरमा जानकारी गराइयो ।

pride click

कोठा बुक गर्नका लागि होटल सम्म पुग्नु पर्ने झण्झट अन्त्य हुने तथा विदेशबाट समेत नेपालका होटलहरु वेवसाइट र एपका माध्यमबाट वुक गर्न सकिने व्यवस्था कम्पनीले मिलाएको वताइयो । प्राइडसंग हाल सम्म ८० वटा होटलहरु सुचिकृत भई सकेको र प्रदेश नम्बर १ मा इटहरीको गोरखा होटल, गरिमा सहित अन्य ठाउँका त्रिवेणी रिसोर्ट, गोकर्ण रिसोर्ट लगायतका होटलहरु रहेको जनाइयो । नेपालका विभिन्न ठाउँका चार सय वढी होटलहरुलाई सुचिकरण गर्ने लक्ष्य राखिएको सो अवसरमा जमुना ढुंगानाले जानकारी दिइन । उनले एपका विषयमा सहजिरण गरेकी थिइन । नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पर्यटन व्यवसायी सुनिल भुषालले होटलहरुका साथै पर्यटकीय क्षेत्रका विषयमा जानकारी लिन सकिने व्यवस्था मिलाए आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षित गर्न सकिने वताए । कार्यक्रममा गोरखा डिर्पाटमेन्ट स्टोरका श्री प्रसाद पोखरेल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
इटहरीमा संयुक्त अनुग ...

इटहरी : बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अ ...

चोरीको मोटरसाईकल सहि ...

झापा: झापाको भद्रपुर नगरपालिका-४ तारानगर स्थितबाट चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरे ...

होटल व्यवसायी संघ इट ...

इटहरी : होटल व्यवसायी संघ इटहरीको १३औं तथा १४औं साधारण सभा विधान संशोधन गर्ने निर्णय सहित सम्पन्न भए ...

मुख्य खबरहरु
सबै
इटहरीमा संयुक्त अनुग ...

इटहरी : बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अ ...

चोरीको मोटरसाईकल सहि ...

झापा: झापाको भद्रपुर नगरपालिका-४ तारानगर स्थितबाट चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरे ...

होटल व्यवसायी संघ इट ...

इटहरी : होटल व्यवसायी संघ इटहरीको १३औं तथा १४औं साधारण सभा विधान संशोधन गर्ने निर्णय सहित सम्पन्न भए ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved