कमेडी शोको दुनियाँमा आयो ‘सेलिब्रेटी ज्याम अप’, दर्शकले प्रत्यक्ष हेर्न पाउने

  • आश्विन २, २०७८
  • २१८ पटक पढिएको
  • न्यू पाटी
alt

 कमेडी शो ‘सेलिब्रेटी ज्याम अप’ प्रसारणमा आएको छ । हाँस्य व्यंग्यमा नौलो प्रयोग गर्दै कार्यक्रम ‘सेलिब्रेटी ज्याम अप’ दर्शक स्रोतामाझ ल्याएको आयोजकले जनाएको छ ।

युट्युब च्यानल एमपी इन्टरटेन्मेन्टबाट हरेक बुधबार बेलुका ७ बजे प्रसारण शोमा चर्चित व्यक्तित्वसँग मिठो भलाकुसारी गर्दै हाँस्ने, खाने, नाच्ने र दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न पाइनेछ ।

पृथक स्वादको हाँस्ने, हँसाउने कार्यक्रम रहेको कार्यक्रमका निर्देशक राजु पुडासैनीले बताए । चलेका कलाकार, फिल्मी स्टार, साहित्यकार, खेलाडी, चर्चित व्यक्तित्व, कमेडियन, समाजसेवीको जीवनका रमाइलो पाटाहरु खोतल्दै,उनीहरुको जीवनको रमाइलो पक्षलाई हाँस्य रसमा प्रस्तुत गर्ने उद्देश्य लिएको कार्यक्रमको प्रस्तोता रित्तिका खरेल छिन् ।

कुमारमणी गजुरेल, रुकमिला अधिकारीले रोस्टिङ्ग गर्नेछन् । साथै लाइभ संगीतको प्रस्तुति रहने छ । संगीत संयोजनमा अनोज चित्रकार, विवेक थापा र सागर तामाङ छन्। दर्शकको प्रत्यक्ष उपस्थितिमा कार्यक्रमको प्रस्तुति रहने छ ।

कार्यक्रमको छायाँकनमा सुशील बास्कोटा, रोशन थापा, निलकमल मोक्तान रहेका छन् । दृश्य सम्पादन विष्णु काप्लेले गरेका छन् । साउण्ड र लाइटमा ओम साउड सिस्टमले हेरेको छ । कार्यक्रममा हाँस्न, खान, नाच्न भरपुर पाइने निर्माता माता पार्वती इन्टरटेन्मेन्टले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
वि पी कोइराला स्वास् ...

धरान : धरान स्थित वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बिगत लामो समय देखि कार्यकारी बिहिन हुँद ...

शिक्षा विना मानिसको ...

इटहरी : १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले अहिलेको जमनामा शिक्षा विना मानिसको जीवन चल्न न ...

पाँच करोड बढीको लगान ...

इटहरी  : कोरोना कहरका कारण व्यवसायी क्षेत्र थला परेर भर्खर तग्रिंदै गरिरहेको समयमा प्रदेस नम्बर ...

मुख्य खबरहरु
सबै
वि पी कोइराला स्वास् ...

धरान : धरान स्थित वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बिगत लामो समय देखि कार्यकारी बिहिन हुँद ...

शिक्षा विना मानिसको ...

इटहरी : १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले अहिलेको जमनामा शिक्षा विना मानिसको जीवन चल्न न ...

पाँच करोड बढीको लगान ...

इटहरी  : कोरोना कहरका कारण व्यवसायी क्षेत्र थला परेर भर्खर तग्रिंदै गरिरहेको समयमा प्रदेस नम्बर ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2021 - Newpati.com - All rights reserved