तालिबानले गर्‍यो २० जना सर्वसाधारणको हत्या

  • भदौ २९, २०७८
  • ७८६ पटक पढिएको
  • न्यू पाटी
alt

तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि त्यहाँको सङ्कट झन् चुलिने अवस्था बनेको छ । आफूअनुकूल नचल्नेहरूमाथि तालिबानले कठोर नीति लिने गरेको छ । आफ्नाविरुद्ध गतिविधि गर्नेको हत्या पनि गर्न थालेको छ । तालिबानले पन्जशिर उपत्यकामा कम्तीमा २० जना सर्वसाधारणको हत्या गरेको छ । पन्जशिरमा नेसनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) र तालिबान लडाकुबीच भिडन्त हुँदै आएको छ । 

तालिबानले उपत्यकाको सञ्चार सम्पर्कविच्छेद गरेको र कम्तीमा २० सर्वसाधारणको हत्या गरेको बिबिसीले जनाएको छ । सैन्य पोशाक सामान्य मानिने पान्जशिरको सडकमा सैन्य पोशाक लगाएका एक व्यक्तिलाई तालिबान लडाकुले घिसारेको र उनीमाथि गोली प्रहार गरेको एक भिडियोमा देखिन्छ । गोली लागेर ती व्यक्ति ढलेको थिए । मारिएका ती व्यक्ति आर्मी हुन् या होइनन् भन्ने खुल्न बाँकी छ । 

भिडियोमा स्थानीय बासिन्दाहरुले ती व्यक्ति सर्वसाधारण रहेको बताएका छन् । पन्जशिरमा त्यसरी कम्तीमा २० जनाको हत्या भएको आफूले पुष्टि गर्न सकेको बिबिसीले उल्लेख गरेको छ । तालिबानले आफ्नाविरुद्धमा रहेका सर्वसाधारणको धमाधम हत्या गरेको थालेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । 

आफू सामान्य पसले रहेको र युद्धसँग कुनै सरोकार नरहेको बताएका अब्दुल सामीको हत्या पनि तालिबानले गरेको छ ।  उनका दुई सन्तान छन् । 

एनआरएफका लडाकुलाई सिमकार्ड बेचेको आरोपमा तालिबानले उनलाई नियन्त्रणमा लिएर हत्या गरेको हो । उनलाई तालिबानका लडाकुले नियन्त्रणमा लिएको केही दिनपछि हत्या गरी शव घरनजिकै ल्याएर फ्यालिदिएका थिए । 

गम्भीर यातना दिएर उनको हत्या गरेको बताइएको छ । गत अगस्ट १५  मा तालिबानले काबुलसहित अफगानिस्तान नियन्त्रणमा लिएको थियो । तर । पान्जशिर भने कब्जामा लिन सकिरहेका थिएन । गत साता पन्जशिर कब्जा गरेको घोषणा तालिबानले गरे पनि एनआरएफले भने आफ्नोतर्फ युद्ध जारी रहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved