चतराको सुन्दरतामा नयाँ आयाम थप्दै हिटि धारा

  • जेठ २१, २०७८
  • ३७०३ पटक पढिएको
  • Sangeet Sigdel
alt

चतराधाम, चतरा । काठमाडौं उपत्यका भित्र प्राय खानेपानीका स्रोतको रुपमा लिच्छविकालिन, तथा मल्लकालिन समय देखि नै आकर्षक र कलात्मक रुपमा निर्माण गरिदै आएको हिटि (ढुङ्गे धारा) सम्भवत पहिलो पल्ट उपत्यका छिचोल्दै प्राचिन हरिद्वार चतरा आईपुगेको छ ।

उहि प्राचिन शैली ,उहि कलात्मक, आकर्षक डिजाईन र रंगरोगन गरि निर्माण गरिएको यो हिटि नया पुस्ताका लागि आफ्नो इतिहास चिन्ने एक दस्तावेज बन्नेमा निर्माणमा सम्लग्न व्यक्तित्वहरुको ठम्याई रहेको छ । प्राचिन हरिद्धार चतराधामको सौन्दर्यतालाई, यहाँको धार्मिक महत्व तथा सांस्कृतिक महत्व,जैविक तथा भौगोलिक महत्व सगैं पर्यावरण मैत्री यो हिटिले यहाँको गरिमा र महत्वको सौन्दर्यतालाई अझ सुगन्धित पार्ने काम गरेको छ ।

IMG_3859

गत चैत्र ११ गते विश्व हिन्दू परिषद् नेपाल, धरानका अध्यक्ष देवराज अधिकारीद्धारा उक्त हिटिको शिलन्यास गरिएको थियो ।अनवरत शुद्ध पिउने पानी आउने यो हिटि लिच्छवी र मल्लकालिन शैलीको इँटा डाँची अप्पा प्रयोग गरी १२ फिटको उचाईमा निर्माण गरिएको छ । प्राकृतिक सौन्दर्यताको बिच निर्माण सम्पन्न भएको हिटिमा दायाँ र वायाँ फूलबारी निर्माण गरेर स्थानिय तथा वाह्य धार्मिक पर्यटकलाई आकर्षित गर्नमा सफल भएको देखिन्छ । वैशाख ३१ गते शिबपार्वतीको विवाह उत्सवको अवसरमा रुद्राभिषेक यज्ञ आयोजना गरेर जगद्गुरु मोहनशरण देवाचार्य महाराजको समुपस्थीतिमा वरिष्ठ चिकित्सक, साहित्यकार, गितकार भोला रिजालद्धारा हिटीको उद्घाटन गरीने कार्यक्रम रहेको भए पनि कोरोना महामारीको सक्रमणको विषम परिस्थीतिलाई ध्यान दिदै नेपालका प्रथम जगतगुरु मोहनशरण देवाचार्य महाराजको बाहुल्लिबाट समुद्धघाटन सम्मन्न भएको थियो । पूर्वकै धार्मिक पर्यटकिय केन्द्र प्राचिन हरिद्धार चतराधाम स्थीत प्रथम जगतगुरु पीठमा निर्माण सम्पन्न भएको यो हिटि विश्व हिन्दु परिषद् नेपाल को अगुवाईमा दाताहरुबाट संकलित करिब रु ८ लाख लागतमा निर्माण सम्पन्न भएको हो । धार्मिक तथा प्राकृतिक रुपमा मात्र चिनिएको चतरा धाम अब कलात्मक हिटि ( ढुङगे धारा) बाट पनि चिनिनेमा स्थानियबासी विस्वस्त देखिन्छन् ।

RADHA KRISHNA MANDIR copy

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
वि पी कोइराला स्वास् ...

धरान : धरान स्थित वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बिगत लामो समय देखि कार्यकारी बिहिन हुँद ...

शिक्षा विना मानिसको ...

इटहरी : १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले अहिलेको जमनामा शिक्षा विना मानिसको जीवन चल्न न ...

पाँच करोड बढीको लगान ...

इटहरी  : कोरोना कहरका कारण व्यवसायी क्षेत्र थला परेर भर्खर तग्रिंदै गरिरहेको समयमा प्रदेस नम्बर ...

मुख्य खबरहरु
सबै
वि पी कोइराला स्वास् ...

धरान : धरान स्थित वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बिगत लामो समय देखि कार्यकारी बिहिन हुँद ...

शिक्षा विना मानिसको ...

इटहरी : १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले अहिलेको जमनामा शिक्षा विना मानिसको जीवन चल्न न ...

पाँच करोड बढीको लगान ...

इटहरी  : कोरोना कहरका कारण व्यवसायी क्षेत्र थला परेर भर्खर तग्रिंदै गरिरहेको समयमा प्रदेस नम्बर ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2021 - Newpati.com - All rights reserved