आत्मनिर्भताको बाटो

आत्मनिर्भरताको बाटो सुरु गरी सम्पन्न गर्न जति गारो छ त्यसको परिणाम कयौं गुणा स्वादिष्ट हुन्छ ।

  • बैशाख २८, २०७८
  • १९३० पटक पढिएको
  • केशव खतिवडा
alt केशव खतिवडा

अब आत्मनिर्भतालाई फरक कोणवाट हेरौ, उत्पादन वृद्धि गराई आयत भन्दा निर्यात बढाउन सकिदा पनि आत्मनिर्भताको केही अंश पूरा हुन्छ मुलुकलाई आवश्यक पर्ने सबै वस्तु तथा सेवामा आत्मनिर्भर हुन कठिन   संसारको कुनै मुलुक पनि पूर्ण रुपमा आत्मनिर्भर छैन्न तर विकशित मुलुकको कुरा गर्दा आयात भन्दा निर्यात बढी गरी आत्मनिर्भताको बाटोमा रहेको देखिन्छ हाम्रो देश नेपालको अवस्था OEC को रिपोर्ट अनुसार विश्वको २२२ देशको अध्ययनमा नेपाल निर्यात गर्ने देशहरुको सुचिमा १०२ औं स्थानमा भने आयात गर्ने देशहरुको सुचिमा १५६ औं नम्वरमा नेपालको बढ्दो ब्यापार घाटा परनिर्भरताले मुलुक झन् झन् अफ्ठयारो स्थितीमा गईरहेको

सबै वस्तु तथा सेवामा आत्मनिर्भर नभएतापनी अतिआवशेकीय वस्तु जुन हाम्रो देश आत्मनिर्भर हुन सक्छ, त्यस्ता वस्तुहरुको उत्पादन बढाई निर्यात बढाउन सकिन्छ जस्तै कृषिजन्य उत्पादन धान, मकै, गहुँ, माछा, मासु, दुध, जडिबुटि, चिया, काठ, फलफुल, पानी, बिजुली, सिमेन्ट, आदिहरुमा उत्पादन बृद्धि गराई निर्यात बढाउन आवश्यक देखिन्छ

हामी सबैले सुन्दै आएको पढ्दै आएको हाम्रो देश प्राकृतिक स्रोत साधनमा समपन्न, कृषिको उर्वता, जलस्रोतमा विश्वको धनि, कुल जनसंख्याको ४१ प्रतिशत युवा जनशक्ति, पर्यटनको प्रचुरता, धर्म संस्कृतिको विविधता,यस्तो विभिन्न विशेषता भएको एक शान्तिको उदाहरणीय देश आखिर अहिले सम्म पनि किन अर्थतन्त्र मजबुत हुन सकेको छैन भनेर एक पटक सबै नेपालीले सोच्नुपर्ने

राज्यको व्यवस्थापकीय जिम्मेवारी पाएका नेतृत्व गर्नुपर्ने नेताहरुवाट उचित व्यवस्थापन हुन नसकेपछि अव जनताहरु आफैले आफुले आत्मनिर्भताको बाटोमा हिड्न सक्ने कदमहरु चाल्नु आवश्यक देखिन्छ यो भनि रख्दा सबै कृषि पेशामा लाग्नु वा विदेशी वस्तु निषेध गरौं भन्न खोजिएको होईन आफुले सक्ने भनेको विदेशी आयतित सामान सक्दो कम प्रयोग गर्ने स्वदेशीलाई प्राथमिकतामा राख्ने, आफ्नो जग्गा भए उत्पादनशिल रुपमन उचित उपयोग गर्ने,  तरकारी सकभर आफुलाई आफै उत्पादन गर्ने, आयतित बिलाशिताको वस्तुको कम उपयोग गर्नेउत्पादनशिल रहने

चुनौतीलाई कसरी अवसरमा परिणत गर्ने?

सुरु नगरी अन्त्य हुदैन भने झै, हरेक क्षेत्रमा समस्या चुनौती छन् त्यस्तो चुनौतीहरुलाई अवसर मा रुपान्तरण गर्नु आवश्यक आज नेपालको राजपत्रमा प्रकाशित अत्यावश्यक सेवा, संविधानमा उल्लेख भएका मौलिक हकहरु जुन जस्तो परिस्थिती पनि जनतलाई आवश्यक हुन्छ त्यस्तो कुनै सेवा वा वस्तुमा समेत हाम्रो देश आफै सक्ष्म छैन यसवाट हाम्रो देश कुन हद सम्म अरु देश सँग परनिर्भर भन्ने प्रस्ट देखिन्छ चुनौतीलाई अवसरमा बदल्नु एक कुशल ब्यवस्थापकिय कला हो अव कसरी भन्ने प्रश्न आउँछ? अध्ययन अनुसन्धान, खोज, विज्ञ परामर्श, सकरात्मक सोचि समस्यावाट भागेर हैन जुधेर अवसर खोजेमा चुनौती अवसरमा अवश्य बदल्ने यसको कयौ उदाहारण जसमध्ये अहिलेकै अवस्था हेर्ने हो भने कुलमान घिसिङको कुशल व्यवस्थापन अध्ययनले नेपाल बिधुत प्राधिकरणको आमुल पिरवर्तन ज्वलन्त उदाहारण हो त्यसै कारण सुरु नगरी कुनै कार्य सम्पन्न नहुने भएकोले आजै समस्या केलाउन जरुरी देखिन्छ

The Great Depression: सन् १९२९ देखि १९३२ को अन्तयसम्म संयुक्त राज्य अमेरिका यसले ठुलो आर्थिक मन्दि सिर्जना गर्यो सो समयमा शेयर बजार लाई प्राथमिकता चर्को चलखेल हुँदा त्यहाँका कयौँ बैंक, ठूला कम्पनीहरु बन्द भयो करिव २० प्रतिशत मानिस बेरेजगार भए, चरम आर्थिक संकट उत्पन्न भयो तत्पश्चात Franklin. D. Roosevelt अमेरिकी राष्ट्रपतिमा निर्वाचित भए कुशल नेतृत्व मार्फत सिथिल अर्थतन्त्रलाई पुन्रसबलिकरण गरे

Transformation of South Korea's Economy: सन् १९६० भन्दा अगाडि दिक्षण कोरियाको अर्थतन्त्र नाजुक स्थितिमा थियो त्यस पछि आधुनिक कृषिमा आधारित अर्थतन्त्र मार्फत अर्थतन्त्र चुस्त बनाईहाल विश्वको टप १० लिस्ट भित्र आफ्नो अर्थतन्त्रलाई समावेश गराउन सफल

यस्ता उदाहारण प्रस्शत छन् जहाँ चुनौती अवसरमा बद्लेको अर्थतन्त्र सुध्रनु भनेकै मुलुक आत्मनिर्भरको बाटोमा अघि बढ्नु हो। विश्वका प्राय विकसित मुलुक कुनै काल खण्डमा ठूलो क्षती बेहोरी त्यसवाट परिवर्तनको बाटो अंगालि हिडेर आज आफ्नो मुलुकलाई त्यो स्थान दिन सफल भएका छन्

अन्त्यमाः वि.. २०७२ सालमा संविधान जारी हुदाँको बखतमा परनिर्भरताको नाजायज लाभिलई नाकाबन्दी गर्यो सो समयवाट आत्मनिर्भरको बाटो रोजेको भए आज काहि पुगिन्थयो कुनै मुलुक प्रति परनिर्भर हुँदा सो मुलुकले आफ्नो फाईदा लिन खोज्नु सामान्य हो यसवाट के साबित हुन्छ भने मुलुकको सार्वभौमता लाईसमेत मुलुकको विकास,उन्नति,व्यापारले असर गर्छ जुन हुन नहुने हो

COVID Pandemic: हाल विश्व कोरोना कहर सँग जुदिरहँदा यो कहिले कुन हदसम्म जुध्नु पर्ने हो यसको ठेगान छैन तर एउटा बिन्दुमा गएर रोकिन्छ धेरै देशका डाक्टर, बैज्ञानिकहरुले औषधि निकालेको जिकिर गरेता पनि आधिकारिक रुपमा WHO ले ठहर्याईसकेको छैन यो Pandemic सकिए पश्चात वा जुधिरहँदा समेत अब नेपालका नेतृत्व गर्ने नेताहरुले नेपालको अर्थब्यवस्थालाई छुट्टै धारवाट वा धार परिवर्तन गरी लान जरुरी जेठ १५ गते २०७७/७८ को बजेट १४ अर्व ७४ अर्व ६४ करोडको बजेट आईसकेको हुँदा त्यसको कार्यान्वयमा विगत जस्तो बिजोग तवरले अघि नबढी बजेटको उच्चतम उचित तवरले कार्यान्वयन गरी मुलुकलाई आत्मनिर्भरको बाटोमा लैजान हरसम्भव प्रयास गरेमा अवश्य आत्मनिर्भरको नतिजा निकै स्वादिष्ट हुने आशा गर्न सकिन्छ त्यसको स्वाद सम्पूर्ण नेपालीमा जानेछ   

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved