निषेधाज्ञा पहिले मोटरहेड बाइक बुकिङ गर्दा थप ५ हजार छुट !

  • बैशाख १७, २०७८
  • १७६४ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । नेपालका लागि मोटरहेड बाइकको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले संभावित निषेधाज्ञा वा लकडाउनलाई मध्यनजर गरी ‘बुक अर बाई’ नामक नयाँ स्किम ल्याएको छ । सरकारले लकडाउन र निषेधाज्ञाको तयारी गरिरहेको बेला यस्तो स्किम ल्याएको एसएलआर टेक्नो एन्ड ट्रेडका बिजनेस हेड उज्वल जोशीले बताए ।

यो अफर काठमाडौं उपत्यकाका तीन जिल्लामा लागू गरिएको छ । यस अनुसार आगामी बैशाख १६ भन्दा पहिले मोटरहेडका कुनै पनि बाइक बुकिङ गर्दा वा किन्दा हाल चलिरहेको स्किममा थप ५ हजार रुपैयाँ छुट उपलब्ध हुनेछ ।

काठमाडौंको बालाजु, टेकु र चाबहिल तथा ललितपुरको धोविघाट र भक्तपुरको सल्लाघारीमा रहेको मोटरहेड सोरुमबाट यो स्किम अन्तर्गतको छुट उपलब्ध हुनेछ । हाल नयाँ वर्ष २०७८ को अवसरमा ‘पावर पिकअप सब छ, नयाँ वर्ष २०७८ खास छ’ अफर चलिरहेको छ ।

उक्त अफर अन्तर्गत नगद खरिदमा १२ हजार, फाइनान्स खरिदमा ८ हजार र एक्सचेन्ज गरी खरिद गर्दा बजार मूल्यांकनमा थप १५ हजार रुपैयाँ पाउने छन् । यसका साथै कम्पनीको तर्फबाट थप एसेसरिजहरु पनि प्रदान गरिने बताइएको छ ।अफरको नयाँ आकर्षणको रुपमा संस्थागत सामाजिक उत्तरदायित्व समेत जोडेको कम्पनीले बताएको छ ।

यस अन्तर्गत बिक्री भएका प्रत्येक मोटरसाइकलवापत १ हजार रुपैयाँ छुट्याइने छ । अफर सकिए पश्चात एक कार्यक्रमको आयोजना गरी उक्त रकम कुनै एक सामाजिक संस्थालाई हस्तान्तरण गरिने छ । हाल नेपाली बजारमा मोटरहेडका स्क्र्याम्बलर २५०, एमएच २००, टेक्कन २५०, स्पोर्ट्स अफरोड टायर, स्पोर्ट्स रोड टायर, एक्सटर्क र एमएच १५० आर छन् ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
इटहरीमा संयुक्त अनुग ...

इटहरी : बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अ ...

चोरीको मोटरसाईकल सहि ...

झापा: झापाको भद्रपुर नगरपालिका-४ तारानगर स्थितबाट चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरे ...

होटल व्यवसायी संघ इट ...

इटहरी : होटल व्यवसायी संघ इटहरीको १३औं तथा १४औं साधारण सभा विधान संशोधन गर्ने निर्णय सहित सम्पन्न भए ...

मुख्य खबरहरु
सबै
इटहरीमा संयुक्त अनुग ...

इटहरी : बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अ ...

चोरीको मोटरसाईकल सहि ...

झापा: झापाको भद्रपुर नगरपालिका-४ तारानगर स्थितबाट चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरे ...

होटल व्यवसायी संघ इट ...

इटहरी : होटल व्यवसायी संघ इटहरीको १३औं तथा १४औं साधारण सभा विधान संशोधन गर्ने निर्णय सहित सम्पन्न भए ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved