कोरोनाका कारण होटल व्यवसायमा करोडौंको नोक्सानी

  • भदौ ३१, २०७७
  • २०५ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : कोरोना कहरका कारण विगत ६ महिना देखि होटल व्यवसाय वन्द गर्नु पर्दा करोडौको नोक्सानी र आफु तथा कर्मचारीहरुको रोजीरोटी गुमेको इटहरीका व्यवसायीहरुले गुनासो गरेका छन । होटल व्यवसायी संघ इटहरीले आयोजना गरेको एक कार्यक्रममा होटल व्यवसायीहरुले आफुहरु घर भाडा र बैक व्याज समेत तिर्न नसक्ने अवस्थामा पुगेको गुनासो गरेका हुन ।

प्रदेश नम्बर १का कानुन मस्यौदा समितिका संयोजक रेवतीरमण भण्डारीको प्रमुखआतित्यता तथा होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने व्यवसायीहरुले लामो समयको वन्दका कारण घर भाडा र बैक व्याज कसरी तिर्ने भनेर सताउन थालेको गुनासो गरे । लामो समय देखि बन्द रहेका व्यवसायीहरुको व्याज र भाडाका समम्वन्धमा सम्वन्धित पक्षले ध्यान दिनु पर्नेमा जोड दिए । उनीहरुले व्यवसायीको करौडौको लगानी डुब्ने अवस्थामा पुग्दा समेत सरकारले कुनै पनि किसिमको राहतको प्याकेज नल्याउदा आफुहरु उदास बन्नु परेको भन्दै राहतको प्याकेज ल्याउन सरकारसंग माग समेत गरे ।

लामो समयको वन्दका कारणहरु मारमा परेको भन्दै केही दिन पहिले सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र वुझाउदै स्वास्थ्य सुरक्षा अपनाउदै आगामी असोज १ गते देखि होटल व्यवसाय सञ्चालन गर्ने जनाएको संघले सोही अनुसार असोर १ गते देखि सबै खाले होटल व्यवसाय सञ्चालनमा ल्याउने जानकारी गराए ।

IMG_9873

सोही अवसरमा हाल सरुवा भएर इलाका प्रहरी कार्यालय इटहरीको प्रमुखको जिम्मेवारी समाल्न आएका डिएसपी अर्जुन केसीले व्यवसायीहरुले स्वागत सम्मान समेत गरे । शान्ति सुरक्षा कायम राख्न प्रहरी प्रशासनलाई आ्रहग समेत गरे ।

कार्यक्रमका बक्ता कतिपयले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२०लाई लक्षित गरि होटल व्यवसायमा ठुलो लगानी गरेका कारण समेत आफुहरु थप मारमा परेको गुनासो गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी भण्डारी , होटल व्यवसायी संघ प्रदेस नम्बर १ अध्यक्ष मणिन्द्र कटुवाल , उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेल लगायतले बोलेका थिए भने होटल व्यवसायी संघ इटहरीका वरिष्ठ उपाध्यक्ष गोविन्द थापा , पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का , नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved