महिलाको चरित्रहत्याको जालो तोड्ने कसरी ?

  • बैशाख २४, २०७७
  • १८८६ पटक पढिएको
  • रञ्जना पौडेल
alt

इटहरी । विश्व कोरोना त्रासले स्तब्ध छ । मृत्युको संभावित भयले मानव समाज लक डाउनको चौघेरा भित्र खुम्चिएको छ तर सबै मानव समाज त्रास र भयले जिवन निर्वाह गर्दै गर्दा केहि व्यक्तिहरु अफवाह फैलाएर माहोललाई विपरित धु्रर्वमा खिच्न तल्लिनहुनु मानविय स्वभावमात्र होला भनेर बस्नु निर्दोश माथिको अर्को ज्यादती हुन्छ ।

हो यो सेरेफेरोमा समेट्न खोजेको बिषय इटहरीमा विगत २ दिन देखिको चर्चाको शिखरमा पूगेको एक घटनाको हो । जसमा एक तर्फ खडा गरिएका पात्र इटहरी उप महानगरपालिकाका मेयर  र अर्का पात्र एक महिला । व्यक्ति समाजको एक अभिन्न सदस्य हो उ विभिन्न परिस्थिति र कर्म प्रतिको उत्तरदायित्वले विभिन्न पेशामा आवद्ध हुन सक्छ ।

इटहरीका मेयर  मेयर मात्र होईनन् ,समाज सेवा मात्रले व्यक्तिको जिवन निर्वाह हुदैन । आर्थिक आय आर्जनका लागि अन्य नागरिकको झैं उनको पनि जग्गाको व्यवशाय रहेछ । जहाँ उनको प्लटिङ रहेछ त्यसका दायाँ वायाँ घरहरु रहेछन । जग्गा किन्न कोही आए छेउका मानिसहरुले सम्पर्क गराईदिदा रहेछन् । त्यसै मध्येकी एक महिलाको घरमा मानविय तथा व्यवशायिक चिनजानको हिसाबले साथीहरुसँग केही बेर गफगाफ गरेर बसेको बिषयलाई व्यक्तिको चरित्र हत्यासँग जोडेर छापामा अपुष्ट समाचार सम्प्रेषण गर्नु गर्नु पत्रकारिता धर्मको खिलाफ हो । अझ भन्नु पर्दा अनायसै मेयर  सँग सम्बन्ध जोडिन पुगेकि महिला माथिको नामै तोकेर गरेको पत्रकारिता उनको चरित्र हत्या गर्ने आसय बाट ग्रसित देखिन्छ । नखाएको बिषले आज उनले पटक पटक मर्नु परेको जिकिर हामी सँग गरिन । जुन ज्यादै दुखद छ । कसै प्रतिको आग्रह पूर्वाग्रहले समाचार पक्ष विपक्षमा होईन सत्य तथ्थको आधारमा हुनुपर्ने तर त्यो यो घटनामा देखिएन ।

पिडित महिलाको आत्मसम्मान जिवित राख्न यो भन्दा अगाडि सम्प्रेषण भएका अन्य समाचारहरुबाट उनको नाम हटाएर मात्र क्षमा माग्न सके पनि केही सहयोग मिल्ने थियो । लहै लहैमा समाचार बनाएर व्यक्तिको चरित्रहत्या गर्नुको सट्टा प्रमाण पूर्याएर आउन पिडित महिललाले सबैलाई अनुरोध गरेकी छन । श्रीमान वैदेशिक रोजगारिमा गएका एकल संघर्षगरि सन्तानलाई सम्हाल्दै जिवन निर्वाह गरिरहेकी महिलामाथि समाजले हेर्ने दृष्टिकोण यति कु्रर हुनु पक्कै निन्दनिय छ । भोलीका दिनमा यहि आरोपबाट उनको जिवनमा पर्न सक्ने नकरात्मक घटनालाई न्याय दिने कस्ले ?

घरमा भएका बालबालिको कोमल मस्तिष्कमा पर्न गएको पिडाको क्षतीपूर्ती के हुन्छ ? यस्ता हजारौं अनुन्तरित प्रश्नहरुले समाजलाई घचघच्याई रहेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved