कृषिमा अनुदान भनाईमा सिमित

न्यूपाटी
0
SHARES

रञ्जना पौडेल
इटहरी, १४ फागुन । सरकारको लक्ष्यनै कृषिमा आमुल परिवर्तन । यसको लागि कृषकलाई प्रोसाहन स्वरुप आवस्यक पर्ने कृषि ॠण को व्यवस्था साथै बिबिध क्षेत्रमा अनुदानको व्यवस्था भन्ने कुरा त धेरै सुनिन्दै आएको छ तर ब्यवहारमा त्यस्तो नहुदो रहेछ । कुनै कृषकले माछा पालन ब्यवशाय गर्न खोज्यो, पोखरी खन्यो पानि भर्यो माछाका भुरा लगायो गर्दा गर्दै थप पुँजीको कमी हुदो रहेछ ।

सरकारको निति कार्यक्रम सुनेर बैंक गयो आफ्नो गुनासो पोख्यो ,केही ॠणको आशा राखेर कुरा चलायो ,सरकारी कार्यलय धायो नत पोखरी देखाएर ॠण पाईदो रहेछ नत सरकारी अनुदान । कृषकले पुराना पत्रपत्रिकामा छापिएको समाचार हेर्छ ,सरकारको नीति कार्यक्रम हेर्छ सरकार र मन्त्रीको भाषण सुन्छ अनि आफुले भोगेको वास्तविकता सँग तुलना गर्छ कहि कतै मेल खादैन यो तितो सत्य भोग्ने प्रतिनिधित्व पात्र हुन टिम अफ ट्रष्ट बहुद्धेश्यीय कृषि फार्मका अध्यक्ष गोकुल थापा ।

अध्यक्ष गोकुल थापा

वैदेशिक रोजगारिको शिलशिलामा सुनसरी र मोरङ जिल्लाबाट कतार पुगेका नेपालीहरुको हितको लागि गठन भएको मोरङ सुनसरी सेवा समाजको भेलामा सहभागिता जनाउन पुगेका धेरै मध्ये सात जनाले आपसि समझदारिमा नेपालमै केहि व्यवशाय गर्ने निधो गरि सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नं ६ मा लिज तथा खरिद गरिएको करिब ५ बिगाह जग्गा मध्य ३ बिगाहमा मस्य पालन गर्ने उदेश्यले पोखरी खनाए ।

६० हजार माछाका भुरा पोखरीमा हाले पहिलो छिमलमा करिब रु. ६ लाखको माछा बिक्रि गरे,दोस्रो छिमलमा लगभग रु.१० लाख जतीको माछा बिक्रि हुने अनुमान गर्छन र पनि सरकारी नीतिमा खुसी हुन सकिरहेका छैनन सञ्चालक मध्येका एक सुवास गौतम ।

सञ्चालक सुवास गौतम

माछा सँग सगै बाँकी रहेको जमिनमा कुखुरा तथा बाख्रा पालन पनि गरेका छन । स्थानिय ७ जना बाट सञ्चालित टिम अफ ट्रष्ट बहुद्धेश्यीय कृषि फार्म बिदेशमा रहेका तर देशमै केही गर्न पाए हुन्थ्थो भन्ने सोचिरहेका नेपालीहरुलाई यो उदाहरणिय त छ तर सरकार बाट कुनै कस्तै सहयोग नपाउदा चै निरास छन सञ्चालकहरु ।

सरकारले किसानका पिर मार्कालाई बेलैमा सम्बोधन गरिदिन सके सरकारले भन्ने गरेको कृषिमा आत्मनिर्भरताको कुराले सान्र्दरभिकता पाउथ्थो की भन्छन फर्मका अध्यक्ष गोकुल थापा ।

Facebook Comments

१४ फाल्गुन २०७५ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु