मार्सीको यात्रा जुम्ला देखि मोरङको सुन्दर हरैंचा एक्स्पो सम्म

न्यूपाटी
0
SHARES

रञ्जना पौडेल
इटहरी, ८ फागुन,
कालो मार्सी धान कहाँ पाईन्छ ?
नेपालको जुम्ला जिल्लामा पाईने कालो मार्सी धान संसारकै सबैभन्दा अग्लो हिमाली क्षेत्रमा पाईने धानको एक प्रजाती हो । अत्याधिक चिसो ठाउँ र चिसो पानिमा फल्ने यो धानको रोपाई चैत्र महिनामा हुने गर्दछ । रोपेको करिब ८ महिना पछि कार्तिक तिर मार्सी धानको बालि भित्र्याउने गरिन्छ । सामान्य धानको चामलको तुलनामा मार्सी चामलमा कार्बोहाईड्रेडको मात्रा ज्यादा हुने भएकोले यसको खाना अडीलो र पोषिलो हुने गर्दछ । करिब ७०० बर्ष अगाडि स्थानिय चन्दननाथ बाबाले कश्मिरबाट मार्सी धानको बिउ ल्याएर खेतीगर्न थालेको किम्बदन्ति छ । हालको समयमा मार्सीको खेती जुम्ला जिल्लाको सबै गा बि स मा गरिन्छ ।

 

मार्सीको उपभोग
राणा तथा राज परिवारका सदस्यले तत्कालिन समयमा हुलाक मार्फत मार्सी चामल मगाएर खाने गर्दथे । यसको उत्पादन कममात्रामा हुने भएकाले सर्वसाधाण को पहुच भन्दा बाहिरको खाध्यान्न थियो त्यो बेला । तर आजकल यसको खेती ब्यापारिक हिसाबले गर्न थालिएको छ । व्यवसायी दुर्गा प्रसाईको भोजमा प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन माओवादीका अध्यक्ष प्रचण्ड लाई चरेसको थालमा पस्केको मार्सीको भातको तस्विर एकाएक मिडियामा छाउदा मार्सी भईरल हुन पुग्यो । सबैलाई मार्सी भात खादा कस्तो होला भन्ने उसुक्ता जाग्दा आज मार्सी चामलको बजार फष्टाएको छ । आज यसको माग देशमा मात्र नभएर विदेशमा सम्म बढीरहेको छ । किलोको रु. २५० देखि रु. ६०० सम्म पर्ने यो चामल धेरैको रोजाईमा पर्न थालेको छ ।

मार्सीको बजारीकरण
देशका प्राय हरेक क्षेत्रमा लाग्ने कृषि मेला तथा एक्स्पोहरुमा आफ्नो स्थानिय कृषि उत्पादनहरु लिएर जुम्लेलिहरुको सहभागिता तथा उपस्थिती देख्न सकिन्छ । हाल सञ्चालन भैरहेको मोरङको सुन्दर हरैंचा तेस्रो एक्स्पोमापनि जुम्लेलि दिदी बहिनी ४ दिन लामो पट्यार लाग्दो यात्रा गर्दै जुम्लाका आफ्ना स्थानिय कृषि उत्पादन ( कालो मार्सीको चामल,चिनोको चामल, च्याउको सुकुटी,गेडागुडी ,कोदोको पिठो, मकैको च्याख्ला, ओखर लगायत स्थानिय पेय पदार्थ ) बोकेर मोरङ आई पुगेका छन । स्वदेशी उत्पादनको प्रयोग गर्न प्रोत्साहन मिलोस भन्ने आसयले हामी यहाँ सम्म आईपुग्यौं भन्छन सान्ति र सुर्यमाया । ब्यापार सोचेजस्तो नभएपनि आफ्नो उत्पादनलाई पूर्वेली जनता सामु परिचित गराउन पाउदा चै दंग छन दुई दिदी बहिनी ।

Facebook Comments

८ फाल्गुन २०७५ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु