लुकवेलमा अन्तराष्ट्रीय स्तरको सेवा दिदै अप्सरा

न्यूपाटी
0
SHARES

ताजिना बिष्ट

इटहरी, २१ माघ । बढ्दो शहरीकरण सँगै पूर्वको उदाउँदो शहर इटहरीमा व्यपार, व्यवशाय गर्नेहरुका लागि इटहरी व्यवशायिक हवको रुपमा बिकसित हुदै गईरहेको छ । प्रतिसपर्धात्मक व्यापार,व्यवशायमा नयाँ प्रविधि भित्र्याउने होड समेत चलेको छ । यही होडहरुमा सबै भन्दा बढी सौन्दर्य कला परेको छ ।

सुन्दर देखिनु या सुन्दर देखाईनु यि दुई शब्द सुन्दा र बोल्दा फरक भएपनि सौन्दर्य व्यवशायीहरुकालागि यस्ता शब्द एउटै लाग्ने गर्दछ । झट्ट हेर्दा अरुभन्दा आकर्षक देखिनु वा आकर्षक देखाईनु सौन्दर्य व्यवशायीहरुको पहिचान बन्दै गएको छ । सौन्दर्य सम्बन्धि पहिचान बनाउदै स्थापित हुनेहरुमा इटहरीका केही व्यूटी पार्लरहरुको नाम निकै चर्चामा आउने गरेको छ । सोही चर्चित नामहरुको भिडमा छोटो समयमा लुकवेल व्यूटी पार्लर पनि पर्न सफल भएको छ । 

केही समय अगाडि देखि मात्र सञ्चालित लुकवेलले बजारमा राम्रो प्रतिस्पर्धा गरिरहेको छ । अप्सरा न्यौपाने द्धारा सञ्चालित लुकवेलमा श्रृंगारकालागि टाढा -टाढा बाट आउने ग्राहकहरुको घुईचो लाग्ने गर्दछ । राष्ट्रिय तथा अन्तरास्ट्रीय स्तरको सेवा लुकवेलमा पाउनेहुनाले लुकवेल ग्राहकको रोजाईमा पर्न सफल भएको छ । सानै देखि आफु राम्रो देखिनु र आफ्ना आसपासका मान्छेहरुलाईपनि राम्रो देखाउने रहरले आफुलाई यस क्षेत्रप्रति बढी मोह भएको बताउछिन पार्लर सञ्चालिका अप्सरा न्यौपाने ।

मानिसको सौन्र्दयमा निखार ल्याउने उदेश्यले न्यौपानेले नेपालका बिभिन्न सौन्दर्य सम्बन्धि व्यूटी पार्लर तालिमहरु लिदै गएको बताउछिन । तालिम लिने क्रममा भारतको दिल्ली हुदै नेदरल्यण्ड सम्म पुगेको उनको भनाई छ । आफुले लिएका राष्ट्रिय तथा अन्तरास्ट्रीय स्तरका तालिमहरुबाट जानेको कला व्यवहारमा उतार्न सक्दा आफुलाई सफल भएको ठान्दछिन अप्सरा ।

अप्सराको पार्लरमा सौन्र्दय सम्बन्धि तालिमहरुको आयोजना हुने गर्दछ । तालिम प्राप्त प्रशिक्षार्थी केहीलाई उनले आफ्नै पार्लरमा रोजगारी दिने गरेको र केहीले आफै पार्लर सञ्चालन गरि आत्म निर्भर बनेका छन । हाल उनी लगायत उनको पार्लरमा ५ जना कर्मचारी रहेका छन । रु.दश लाख बाट सञ्चालन भएको सो पार्लरमा मासिक खर्चकटाएर दुईलाख आम्दानी हुने भन्दै आफुले अंगालेको पेशा प्रति संतुष्ट भएको बताउछिन न्यौपाने ।

अन्तमा रोजगारिको खोजिमा जोखिम पूर्ण कामकालागि विदेशिन बाध्य हुने युवती तथा महिलाहरुले स्वदेशमै केही शिप सिकेर यस्तै प्रकारका स -साना व्यवशाय सञ्चालन गर्न सके आफु, आफ्नो परिवारको साथै देशको पनि हित हुने अप्सरा बताउछिन ।

Facebook Comments

२१ माघ २०७५ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु