प्रधानमन्त्रीले दिउँसो २ देखि साँझ ७ बजेसम्म टिका लगाइदिने

न्यूपाटी
0
SHARES

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओेलीले आज पाँच घण्टासम्म टिका लगाइदिनु हुने भएकाे छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले ट्‍विटमा प्रधानमन्त्रीले दिउँसो २ देखि साँझ ७ बजेसम्म टिका लगाइदिनु हुने जानकारी दिनुभएकाे छ । प्रधानमन्त्री ओलीले दिउँसो दुई घण्टा नेता, मन्त्री, सांसदसहितलाई तथा साँझ ३ घण्टा पार्टी कार्यकर्तालाई दसैंको टिका लगाइदिनु हुने अर्यालले ट्‍विटमार्फत जानकारी दिनुभएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्यालको अनुसार ओलीले सरकारी निवास बालुवाटारमै आफ्ना पिताबाट टिका ग्रहण गर्नुहुने छ। आफूले पिताबाट टिका ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले आज (१ दिन मात्र) दिउँसो २ देखि ४ बजेसम्म शीर्ष नेता, मन्त्री,सांसद तथा विशिष्ट श्रेणीका राष्ट्र सेवक र त्यसपछि अपरान्ह ४ देखि साँझ ७ बजेसम्म पार्टी कार्यकर्ता लगायतका व्यक्तिहरुलाई टिका लगाइदिनु हुने छ ।

Facebook Comments

२१ आश्विन २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु