चट्याङ लागेर ६ जना घाइते

न्यूपाटी
0
SHARES

भोजपुर । बर्षासँगै आएको चट्याङ खस्दा भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ ताम्लुङमा छ जना घाइते भएका छन् । गए राति परेको चट्याङले स्थानीय ८५ वर्षीय मानबहादुर तामाङ, ६३ वर्षीय जयबहादुर खत्री, उनकी श्रीमती सेतीका खत्री घाइते भएको प्रहरीको भनाइ छ ।

त्यस्तै ६८ वर्षीय विर्खमाया राई, स्थानीय नन्दबहादुर राईकी १६ वर्षीया छोरी इन्दिरा र २२ वर्षीया कोपिला गिरी घाइते भएको प्रहरीले जनाएको छ । घाइते अधिकांशले कान नसुन्ने तथा शरीरको विभिन्न ठाउँमा असर देखिएको प्रहरीको भनाइ छ ।

चट्याङका कारण स्थानीइ गञ्ज राइको गोठमा बाँधेका दुई वटा भेडा मर्दा रु ५० हजार बराबरको क्षति भएको छ । त्यस्तै स्थानीय ८५ वर्षीय मानबहादुर राईको एक तले घर भत्किँदा रु ५० हजारको क्षति भएको प्रहरीको भनाइ छ ।

Facebook Comments

२१ आश्विन २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु