सुन्दर खोर्साने युवा क्लवको आयोजनामा दशैं तिहार रमाईलो मेलाको सम्पूर्ण तयारी पुरा

न्यूपाटी
0
SHARES

इटहरी । सुन्दर खोर्साने युवा क्लवको आयोजनामा असोज १९ गते (भोली) देखि दशैं तिहार रमाईलो मेलाको सम्पूर्ण तयारी पुरा गरेको छ । २०२० को पर्यटन बर्षलाई लक्षित गरि आयोजना गरिएको सो मेलामा सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रदशनी गरिने आज आयोजित पत्रकार सम्मेलन मार्फत क्लवका अध्यक्ष काजी हाङ्ग लिम्बुले बताए ।

असोज १९ गते देखि कार्तिक ३ गते सम्म सञ्चालन हुने उक्त मेलामा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने जनाईएको छ । एक बर्ष अगाडी मात्र स्थापना भएको सुन्दर खोर्साने युवा क्लव बिभिन्न समाजिक कार्यरुमा सक्रिय रहदै आएको छ ।

क्लवले पहिलो पटक यस प्रकारको मेलाको आयोजना गरेको मेला संयोजक सोमराज गिरिले बताए । मेलाबाट ५० देखि ६० लाखको कारोबार हुने अपेक्षा गरिएको खेमराज दाहालले बताए ।

Facebook Comments

१८ आश्विन २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु