दोस्रो मेयर कप रात्रिकालीन टि ट्वान्टी क्रिकेट प्रतियोगिता -धनगढी क्रिकेट क्लव फाइनलमा

न्यूपाटी
0
SHARES

इटहरी । सुनसरीको इनरुवा खेल मैदानमा जारी दोस्रो मेयर कप रात्रिकालीन टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्र्तगत भएको दोस्रो सेमिफाइनलमा नेपाल आर्मी क्लवलाई हराउदै धनगढी क्रिकेट क्लव धनगढीले फाइनलमा एपिएफसंगको भेट पक्का गरेको छ ।

ग्य रातीको खेलमा उपाधीको दाबेदार मानिएको नेपाल आर्मीलाई ३० रनले पराजित गर्दै धनगढीले एपीएफसँग उपाधीका भेट पक्का गरेको हो । टस हारेर पहिलो ब्याटिङमा उत्रिएको धनगढीले निर्धारित २० ओभरमा ७विकेट गुमाएर १ सय ५२ रन जोडेको थियो । धनगढीका लागि बिपिन रावलले ५१ रनको अर्धशतकीय पारी खेले भने भुवन कार्कीले २४, खड्क बोहराले १५ र लोकेश बमले १३ रन जोडे ।

बलिङ तर्फ आर्मीका बिवेक यादवले ३ तथा बिक्रम सोब, जितेन्द्र मुखिया, साहाब आलम र चन्द्र साउदले समान १÷१ विकेट लिए । १ सय ५३ रनको लक्ष्य पछ्याएको आर्मी १७ दशमलव १ ओभरमा १ सय २२ रनमा समेटियो । आर्मीका लागि चन्द्र साउदले ३१ रन बनाए भने बिवेक यादवले २४ रन बनाउँदा जितेन्द्र मुखियाले १७ र राजु रिजालले टिमका लागि १६ रन जोडे ।

बलिङ तर्फ धनगढीका बिनोद लामा र अमन पन्थीले समान ३÷३ विकेट लिँदा भुवन कार्कीले २ तथा महेश अधिकारी र नारायण जोशीले १÷१ विकेट हात पारे । फाइनल खेल आज साझँ हुने आयोजक फुलवारी क्रिकेट क्लवका अध्यक्ष शिवकुमार यादवले जानकारी दिए ।

Facebook Comments

१८ आश्विन २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु