वाइवाई प्रथम बराहक्षेत्र गोल्डकप -राजाबास र कल्चरल गृन (आयोजक) फाइनलमा भिड्ने

न्यूपाटी
0
SHARES

दिपक पुरी
नडाहा ।
चक्रघट्टीमा जारी प्रथम वाइवाई बराहक्षेत्र गोल्डकप अन्तर क्लब फुटबल प्रतियोगिताको बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा कल्चरल गृन क्लब (आयोजक)ले ३–२ गोलले पन्चायन फुटबल क्लब रामधुनी लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
पहिलो हापको ४ मिनेट समयमा पन्चायनका खेलाडीले डेरिया भित्र हेण्ड गर्दा पाएको पलान्टी लाई सदुपयोग गर्दै जर्सी नम्बर १६का रोशन भुजेलले गोल गरेर पहिलो खाता खोलेका थिए ।

कल्चरल गृन क्लबका जर्सी नम्बर १७ का सौजन याखाले खेल पहिलो हापको २८ मिनेटमा पुन १ गोल गरे। खेलको ३२ मिनेटमा पन्चायन फुटबल क्लब रामधुनिका खेलाडी जर्सी नम्बर १५ का कर्ण लिम्बूले पहिलो खाता खोलेका थिए । पहिलो हपको ४० मिनेटको खेलमा थप ३ मिनेटको अन्तिम समयमा कल्चरल गृन क्लब आयोजक का जर्सी नम्बर ९ का बर्तमन राईले हानेको प्रहार सिधै गोल भएको थियो । त्यसैगरि खेलको दोस्रो हापको ३८ मिनेटमा जर्सी नम्बर १० का तिर्थ बस्नेतले डेरिया बाहिर बाट हानेको प्रहार सिधै गोल भएको थियो । सो खेलमा कल्चरल गृन क्लबका जर्सी नम्बर ४ प्रकाश भुजेल म्यान अफ द म्याच घोषित भए । उनलाई नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति उपेन्द्र कटुवालले नगद पुरस्कार २ हजार रुपया सहित ट्रफि प्रदान गरे ।

बराहक्षेत्र नगरपालिका वडा ६ चक्रघट्टि स्थित कल्चरल ग्रिन क्लबको आयोजना, बराहक्षेत्र नगरपालिकाको संयोजन र वडा ६ वडा कार्यालयको बिशेश सहयोग र वाइ वाइ चाउचाउको मुल्य प्रायोजक रहेको प्रतियोगीता आयोजना गरिएको खेलको फाइनल खेल भने असोज १९ गते आइतबार हुनेछ । प्रतियोगीताका बिजेता लाई १ लाख १ हजार १ सय ११ रुपैया र उपविजेता लाई ५० हजार ५ सय ५५ रुपैया नगद पुरस्कार सहित मेडल ट्रफी प्रदान गरिने छ । अब फाइनल खेल आइतबार कल्चरल गृन क्लब आयोजक र राजाबास फुटबल क्लब बराहक्षेत्र ९ बीच हुने क्लबका उपाध्यक्ष दिनेश राईले बताए ।

Facebook Comments

१७ आश्विन २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु