धनकुटाका पाख्रिवासमा नेकपामा र राप्रपामा पहिरो

न्यूपाटी
0
SHARES

धनकुटा । राप्रपा र नेकपामा पाख्रिवासका दजनौ नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको आज नेपाली कांग्रेसले जनाएको छ । नव प्रवेशीहरुलाई आज नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिले बिशेष कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ ।राप्रपा र नेकपा धनकुटाका यूवा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेशको लहर दिन प्रतिदिन बढ्दै गएपछि राप्रपा र नेकपा धनकुटामा राजनैतिक पहिरो जान थालेको छ ।

राप्रपा, नेकपा लगायत विभिन्न पार्टी परित्यागगरी नेपाली कांग्रेसमा प्रवेश गर्नु हुने भुवन थापा,मिलन महत,चन्द्र कटुवाल,कृष्ण तामांग ,राज वहादुर दर्लामी, तिर्थ दर्माली, निवन तामांग,बिशेष लिम्बु, दिल वहादुुर महत लगायत ३७ जनालाई नेपाली कांग्रेसका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्य तथा पाख्रिवासका संयोजक ज्ञान वहादुर गुरुंग,जिल्ला सदस्यहरु राजेन्द्र पौडेल,जयन्द्र घिसिंग, पूर्व जिल्ला सहसचिव राजन पौडेल,पूर्व नगर सभापति दिपेन्द्र मानन्धर,क्षेत्रिय सचिव हरी वहादुर राई,वडा नं. ४का सभापति श्याम प्रकाश राई,प्रेम भण्डारी लगायतका नेताहरुले फुल माला खादा टिका अविर लगाई नेपाली कांग्रेसमा आज विशेष कार्यक्रमका साथ स्वागत गर्दै नेपाली कांग्रेसको सदस्यता प्रदान गर्नु भएको थियो ।

यस भन्दा अघि पनि भरख मात्र पटक पटक गरी पाख्रिवास नगरपालिका का विभिन्न वडाहरुबाट नेपाली कांग्रेसमा राप्रपा,नेकपा र जनमुक्ति पार्टी परित्याग गरी नेपाली कांग्रेसमा १ सय ४३ जना भन्दा बढी प्रवेश गर्नु भएको थियो ।

पाख्रिवासका जनमुक्ति पार्टीका नेता गजेन्द्र तमांगलगायत ४० जना,राप्रपा तथा नेकपाका विर वहादुर थापा,धनमाया तामांग,रण वहाुदर थापा,धन वहादुर मगर,डम्वर वहादुर मगर लगायत लगायत ८४ जनाले आ आप्नो पार्टी परित्या गरी नेपाली कांग्रेसमा भरखर दोस्रो जागरण अभियानको समापन कार्यक्रममा प्रवेश गर्नु भएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य तथा पाख्रिवास नगरका संयोजक ज्ञान वहादुर गुरुगले वताउनु भयो ।

धनकुटामा विशेष गरी राप्रपा र नेकपा परित्याग गरी दिन प्रदिन नेपाली कांग्रेसमा प्रवेश गर्ने यूवाहरुको लहर बढ्दै गएपछि राप्रपा र नेकपामा पहिरो जान थालेको हो । दोस्रो जागरण अभियान कार्यक्रममा मात्र धनकुटा जिल्लाको ७ वटा पालिका र ६० वडाका विभिन्न वडाहरुबाट ३ सय ८७ जना विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा भरखर मात्र प्रवेश गरेको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

Facebook Comments

१६ आश्विन २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु