धनकुटामा शुभ कामना संर्गै नेपाली कांग्रेसमा प्रवेशको लहर

न्यूपाटी
0
SHARES

अशोज । धनकुटाको पाख्रिवास नगरपालिकामा आज कांग्रेसले शुभ कामना आदन प्रदान कार्यक्रमसंर्गै दर्जनौ संख्यामा नेपाली कांग्रेसमा प्रवेश गरेका छन । उक्त कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्यहरु ज्ञान वहादुर गुरुङ्ग,जयन्द्र घिसिङ,पूर्व जिल्ला सहसचिव राजन पौडेल,क्षेत्रिय सचिव हरी वहादुर राई, लगायतले पाख्रिवासको विकास समृद्धी कृषि पर्यटन बाट मात्र संभव हुने वताउनु हुदै दशै तिहार लगायत सवै चाड पर्वको शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समतिका उपसभापति पूर्ण वहादुर राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष सोभित निरौला,नेपाली कांग्रेस पाख्रिवासका पूर्व सभापति दिपेन्द्र मानन्धर,समाजसेवी श्याम गुरुंग,।दिपेन्द्र माङपाङ,राजमान सिंह राई ,विर वहादुर थापा, नेत्र केशी, धनमाया तामांग लगायतल दशै तिहार लगायत सवै चाड पर्वको शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । स्वागत मन्तव्य जिल्ला सदस्य ज्ञान वहादुर गुरुगले गर्नु भएको थियो भने कार्यक्रमको संचालन प्रेम भण्डारीले गर्नु भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्यहरु गोर्ख वहादुर पिठाकोठे,इन्दिरा पौडेल,राजेन्द्र पौडेल, देवीमाया भूजेल, पूर्व क्षेत्रिय सभापति गोविन्द्र थापा,नेपाल विद्यार्थी संघ धनकुटाका सचिव सरोज धमला,नेपाल मगर संघ धनकुटाका जिल्ला अध्यक्ष लेख वहादुर गाम्छाकी,नेपाल महिला संघ धनकुटका क्षेत्रिय अध्यक्ष डम्वर कुमारी धमला अधिकारी,नेपाल तामांग संघ धनकुटाका अध्यक्ष बिष्णु मोक्तान, नेपाल तरुण दल क्षेत्रिय उपाध्यक्ष चन्द्र लिम्बु,नेपाल तरुण दल पाख्रिवासका संयोजक रवि राई,टेड युनियन कांग्रेस पाख्रिवासका संयोजक दिपक गुरुंग ,क्षेत्रिय सदस्य लाल वहादुर वस्नेत, ज्योती गुरुंग नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिका सचिव चन्द्र वस्नेत,नेपाल तरुण दल पाख्रिवासका पूर्व अध्यक्ष गणेश गुरुग नेपाली कांग्रेस पाख्रिवासका नेताहरु भिम वहादुर खड्का,डि वि मोक्तान, भक्त वहादुर गुरुंग, श्याम प्रकाश राई,गंगा गुरुंग,गंगा वस्नेत लगायतले पाख्रिवास नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले एक आपसमा शुभ कामना आदन प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा पाख्रिवास नगरको विकास र समृद्धीको वारेमा समेत व्यापक छलफल गरी सहभागी सवैले एक आपसमा दशै तिहार लगायत सवै चाड पर्वको शुभकामना आदन प्रदान गर्नु भएको थियो । सो अवसरमा राप्रपा, नेकपा लगायत विभिन्न पार्टी परित्यागगरी नेपाली कांग्रेसमा प्रवेश गर्नु हुने भुवन थापा,मिलन महत,चन्द्र कटुवाल,कृष्ण तामांग ,राज वहादुर दर्लामी, तिर्थ दर्माली, निवन तामांग,बिशेष लिम्बु, दिल वहादुुर महत लगायत ३७ जनालाई नेपाली कांग्रेसका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्य तथा पाख्रिवासका संयोजक ज्ञान वहादुर गुरुंग,जिल्ला सदस्यहरु राजेन्द्र पौडेल,जयन्द्र घिसिंग, पूर्व जिल्ला सहसचिव राजन पौडेल,पूर्व नगर सभापति दिपेन्द्र मानन्धर,क्षेत्रिय सचिव हरी वहादुर राई,वडा नं. ४का सभापति श्याम प्रकाश राई,प्रेम भण्डारी लगायतका नेताहरुले फुल माला खादा टिका अविर लगाई नेपाली कांग्रेसमा आज विशेष कार्यक्रमका साथ स्वागत गर्दै नेपाली कांग्रेसको सदस्यता प्रदान गर्नु भएको थियो ।

सो अवसरमा नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिका सभापति कोपिन मानन्धर विरामी हुनु भएकोले कार्यक्रममा उपस्थित हुन नसक्नु भएको जानकारी गराउदै सभापति कोपिन मानन्धर ज्यूको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो ।

Facebook Comments

१६ आश्विन २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु