एक्काइस आमाहरुबाट सञ्चालित मायाघर प्रदेश १ कै नमुना बन्दै

न्यूपाटी
0
SHARES

रञ्जना पौडेल
इटहरी ।
नाम नै यस्को पहिचान हो । समाज आधुनिकता तर्फअघि बढ्दै जादा स्थापित मूल्य मान्यता र नैतिकतामा कमि पनि सँगसँगै लिएर आउने रहेछ । व्यक्तिले सोच्ने बिचार देखि नियती सम्म नैतिकताको कसिमा दिनानुदिन ओरालो लाग्दो रहेछ । कोही अरुको जिन्दगी र भविश्य खोस्नमा खुसि छन । कोही ति खोसिएका कमजोरहरुको खुसि फर्काउन प्रयासरत छन्,आखिर यहि लुकामारि मै चलेको रहेछ समाजको सामाजिक चरित्र । जिवन वाच्नु मात्र होईन बचाउनु पनि हो । यहि मूलमन्त्रको जगमा स्थापित एक परोपकारि संस्था हो इटहरीको माया घर ।

इटहरी चोक देखि करिब अढाई किलो मिटर उत्तर हवाई चोकमा स्थापित छ माया घर । इटहरीको बिभिन्न संघ संस्थामा आवद्ध २१ जना आमाहरुद्धारा २०७४ साल फागुन १० गते स्थापना भएको हो । सुरुवाती दिनमा भाडाको एक कोठाबाट संचालनमा आएको यो संस्थाले हाल आफ्नै पाँच काठे भवन निर्माण गर्न सफल भएको छ । मुख्यत यो संस्था घर परिवारबाट अपहेलित भै सडकमा भौतारिएका मानशिक रोगी तथा वृद्धवृद्धाहरुलाई तत्काल संरक्षण गरि पछि उनिहरुकै घर परिवारमा पूर्नस्थापना गर्ने उदेश्य बाट प्रेरित छ ।

हाल संस्थामा मानशिक रोगी १२ जना,बालबालिका २ जना,शिशुहरु ५ जना,किशोरीहरु ७ जना तथा बुवाहरु २ जना रहेको संस्थाकि सचिव सुभद्रा प्याकुरेलले जानकारी दिईन । मानशिक रोगीहरको संरक्षणमा प्रदेश १ मा यो बाहेक कुनै पनि संस्था हाल सम्म अस्तित्वमा रहेको देखिदैन । अन्य रोगीलाई भन्दा बिशेष ध्यान दिनुपर्ने,विशेषज्ञ डाक्टर बाट उपचार गराउनु पर्ने,उपचारको अवधि लामो हुने तथा बारम्बार अस्पताल लादै ल्याउदै गर्नु पर्दा खर्च बढी हुने बताउछि सचिव प्याकुरेल । यति हुदाहुदै पनि बिभिन्न संघ संस्था र आ आफ्नै सहयोगमा माया घरलाई निरन्तरता दिन दृढ छन संचालक आमाहरु ।

संस्थामा जोडिन आईपुगेका महिलाहरु पुरुषहरुले प्रेम जालमा फसाएर पछि दुई जिउकी भएपछि छोडेर भागेका वा घर परिवारबाट तिरस्कृत भएका असहायहरु छन । आफ्नो प्रेमीले धोका दिएको वा परिवारले त्यग्दाको पिडाले मानशिक स्वास्थ्थ गुमाउन पुगेका ति आमा सँगै बिनाकारण पिडित छन ति नवँजात शिशुहरु पनि ।

समाजले नैतिकताको धरातल गुमाउदै जानुमा कतै हामी र हाम्रो शिक्षा प्रणाली तथा बिद्यमान कानुन त दोशी छैन ? यो प्रश्न सबै माझँ तेस्रिएको छ । सरकारी निकायको ध्यान सबैतिर समान नपुग्न सक्छ तर समाजमा निस्वार्थ भावले केही गरौं भन्ने जिम्मेवारी लिन खोजेका वा लिईरहेका संघ सस्थालाई राज्यले आर्थिक र नैतिक सहयोग गरेर समाजको कालो छाँयालाई मेट्ने दिशामा अघि बड्न ढिला नगरोस भन्नेहरुको पनि कमी छैन यहाँ ।

Facebook Comments

१२ आश्विन २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु