सुनसरीको एक बिद्यालय,४ शिक्षक २५ बिद्यार्थी दिन काट्छन छहारीमा बसी

न्यूपाटी
0
SHARES

रञ्जना पौडेल
सुनसरी । बिद्यालय जहाँ अनुसासन, आदर ,सम्मानका साथै नैतिक तथा सामाजिक ज्ञान दिने थलोको रुपमा बुझिन्छ । तर सुनसरी जिल्लाको हरिनगरा गाउँपालिकामा यस्तो बिद्यालय पनि छ जहाँ शिक्षक बिद्यालयको चौरीमा बसेर बिद्यार्थीको भविश्यको बिषयमा छलफल गर्दैनन । उनीहरु समय बिताउन आफ्ना रमाईला कुराकानी मात्र गरेर बस्छन ।

ताल अनुसारको नृत्य भनेजस्तै शिक्षकले नपढाएपछि बिद्यार्थी यत्रतत्र घुम्नेनै भए । बिद्यालयको भौतिक संरचना उत्कृष्ट छ । बिद्यार्थीलाई दिईने जनचेतनाका कुराहरु पनि बिद्यालयका भित्ताभरि कोरिएका छन । बिद्यालय परिसर भित्र पस्ने जो कोही पनि एक पटक बिद्यालयको संरचना प्रति मोहीत हुन्छ । बाहिरी सुन्दरताले मूल्याकन गर्न नसकिएको कुरुपता कक्षा कोठामा देखिन्छ ।

बिद्यार्थीले पठन पाठन गर्ने डेक्स बेन्च एकातिर थन्क्याएर बिद्यार्थीलाई भुईमा राखेर पढाईन्छ । प्रधानाध्यापकको कार्य कक्षमा ओच्छायन बिच्छाएको हुन्छ ,कोठाभरि फोहोर देखिन्छ । यो दृश्य हरिनगर गाउँपालिका वडा नं ५ स्थित श्री सीताराम प्रा.बि को हो । २०३९ सालमा स्थापना भएको सो प्रा. बि .मा सुरुवाती दिनमा तीन सय देखि तीन सय पचास जना सम्म बिद्यार्थीले अध्ययन गरेको बिद्यालयका भूतपूर्व प्रधानाध्यापक ब्रह्रानन्द यादव बताउछन । आफु प्रधानाध्यापक हुदा सम्म बिद्यार्थीले बिद्यालय भरिएको थियो ।

गाउँकै नमूना बिद्यालयको रुपमा सम्मानित भैसकेको बिद्यालय एकाएक बिद्यार्थी बिहिन हुनु हालका प्रअ र ब्यवस्थापन समितिको लापरवाहि मुख्य कारण रहेको बताउछन भुपु प्रअ यादव । हाल बिद्यालयमा सबै तहका गरि २५ जना बिद्यार्थी मात्र छन ।बालबिकास देखि कक्षा ५ सम्म पठन पाठन गर्न सकिने उक्त बिद्यालयमा कक्षा कोठाहरु पनि पर्याप्त मात्रामा छन तर सबै तहका बिद्यार्थीलाई एउटै कक्षाकोठामा राखेर पढाईन्छ ।

यसरी एउटै कक्षा कोठामा सबै तहका बिद्यार्थीलाई दिईने शिक्षाले बिद्यार्थीको मानसपटलमा कस्तो प्रभाव पर्छ ? आजको शिक्षाले भोलीको भविश्य निर्धारण गर्छ भन्ने शिक्षकले बिद्यार्थीको कस्तो भविश्य निर्माण गर्दैछन भन्ने जिज्ञासा रह्यो ? ४ जना स्थाई शिक्षक रहेको उक्त बिद्यालयका हालका प्रधानाध्यापक परमेश्वर मेहता हुन ।

शिक्षकहरुमा सुर्यनारायण यादव,मोहमद अल्लाहदिन अंसारी,मनु मेहता र पुनम झा छन । बिद्यालयमा दैनिक जसो उपस्थिति जनाउने बिद्यार्थी न्यून संख्यामा छन प्रत्येक कक्षामा दुई वा तीन जना भन्दा बढी बिद्यार्थीले बिद्यालयमा उपस्थिति जनाउँदैनन । बिद्यार्थी एकाएक घटेको प्रति न बिद्यालय ब्यवस्थापन समिति नै चिन्तित छ न प्रधानाध्यापकनै । सम्बधित निकायले चासो नदिदा देशको सम्पन्ती र बिद्यार्थीको भविश्य बर्बाद भईरहेको छ ।

Facebook Comments

८ आश्विन २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु