आर्कषक अफरसहित इटहरीमा बजाज महामेला

न्यूपाटी
0
SHARES

इटहरी । हन्स राज हुलास चन्द एण्ड कम्पनीको इटहरी स्थित आधिकारिक बिक्रेता अटोसिटी इटहरीले बजाज महामेलाको आयोजना गर्ने भएको छ । महामेलामा बजाज लगायत कुनै पनि कम्पनिको जस्तोसुकै अवस्थाको मोटरसाइकल एक्चेन्ज गर्न सकिने जनाइएको छ ।

एक्चेन्ज अफरमा चेन्ज गर्न ल्यायिने मोटरसाइकलको न्युनतम मुल्य ३० हजार रुपैया रखिएको आज भएको पत्रकार सम्मेलन मार्फत अटो सिटि इटहरीका सन्चालक प्रदिप सन्थलियाले जानकारी दिए । मोटरसाईकलका पारखिहरुकालगि इटहरीमा आर्कषक अफरसहित बजाज महामेला आयोजना गर्न लागिएको जनाईएको छ । सोही महामेलामा कुनै पनि मोटरसाइकलको प्रचलित बजार मुल्य भन्दा १५ हजार थप हुने साथै प्रत्येक नयाँ बजाज मोटरसाइकल खरिदमा बाइक कभर, हेलमेट, ल्यापटप ब्याग, लेग गार्ड प्राप्त गर्नुका साथै ठाउँको ठाउँ फाईनान्स तथा ईन्स्युरेन्सको सुविधा समेत रहेको सन्थलियाले बताए ।

यसै बिच बजाजले आफ्ना ग्राहकलाई लक्षित गरि दशैं तिहार अफर ल्याउने भएको छ । ‘अब कति जितिन्छ, पहिल्यै देखिन्छ’ भन्ने स्लोगन सहित बजाजले भविष्यवाणी अफर समेत ल्याएको छ । अफरमा सेवाग्राहीले मोटरसाईकल किन्नु अगाडि १ लाख रुपैयासम्म एड्भान्स क्यास र किनेपछि पनि १ लाख रुपैयाँसम्म क्यास प्राइज जित्न सक्ने बताईएको छ । बजाज असोज ५ बाट सुरु हुने महामेला १० गते सम्म रहने छ ।

Facebook Comments

४ आश्विन २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु