तेल उत्पादन तथा प्रशोधन केन्द्रमा भएको ड्रोन हमलामा इरानकै संलग्नता रहेको साउदीको आरोप

न्यूपाटी
0
SHARES

काठमाडौं । साउदी अरवले आफ्ना दुई वटा तेल उत्पादन तथा प्रशोधन केन्द्रमा भएको ड्रोन हमलामा इरानकै संलग्नता रहेको आरोप लगाएको छ । साउदी अरेबियाले आफ्नो तेल प्रतिष्ठानमा भएको आक्रमणमा इरानको हात भएको कुराको आफूसँग प्रमाण भएको जनाएको छ । आक्रमणमा प्रयोग गरिएको ड्रोन र मिसाइलका अवेशषबाट यसमा इरानको संलग्नता पुष्टि हुने उसको दावी छ ।

साउदी अरेबियाको रक्षा मन्त्रालयले हमलामा प्रयोग गरिएका १८ वटा ड्रोन र सातवटा क्रुज मिसाइल एकै दिशाबाट आएकोले यसको स्रोत यमन हुन नसक्ने बताएको छ ।

यमनमा सशस्त्र संघर्ष गर्दै आएको हुथी विद्रोहीले आक्रमणको जिम्मा लिएपनि उसँग यो स्तरको हतियार र प्रविधि नभएको तर्क साउदी अरव र अमेरिकाले लगाउँदै आएका छन् । इरानले भने घटनामा आफ्नो कुनै संलग्नता नरहेको प्रतिक्रिया दिदै आएको छ । यसले अन्तराष्ट्रिय बजारमा तेलको मूल्य ह्वात्तै बढाएको थियो ।

Facebook Comments

२ आश्विन २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु