सुनको मुल्य घट्यो

न्यूपाटी
0
SHARES

काठमाडौं । सुनको मूल्यमा उताडचढाव भईरहेको छ । हाल सुनको मूल्य बढ्ने भन्दा घट्ने क्रम बढिरहेको छ । आज बिहीबार पनि सुन तथा चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको लागि छापावाला सुन प्रतितोला ७० हजार ७ सय र तेजावी सुन प्रतितोला ७० हजार चार सय रुपैयाँ तोकिएको छ ।

सोमबारदेखि सुनको स्थिर मूल्य ७१ हजार तीन सय रुपैयाँ कायम रहेको थियो । तर बिहीबार सुन प्रतितोला ६ सय रुपैयाँ घटेको हो ।सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँ रहेको छ । बुधबार प्रतितोला ८ सय ७० रुपैयाँ रहेको चाँदी बिहीबार तोलामा १५ रुपैयाँ घटेको हो ।

Facebook Comments

२ आश्विन २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु