असोज १० गतेबाट नयाँ नोट वितरण

न्यूपाटी
0
SHARES

काठमडौं । दसैंका लागि असोज १० गतेबाट नयाँ नोट वितरण सुरु गर्ने योजना बनाएको नेपाल राष्ट्र बैंकले जनाएको छ। नेपालीहरुको महान चाड नजिकिदै गर्दा सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने प्रचलन रहँदै आएको छ ।

यही व्यवस्थालाई नेपाल राष्ट्र बैंकले यस बर्ष पनि निरन्तरता दिएको छ । बैंकले दशैँ र तिहारका लागि असोज १० गतेबाट सर्वसाधारणका लागि नयाँ नोट बितरण गर्ने भएको छ । बैंकका अनुसार नयाँ नोट बितरण लागि सबै तयारी पुरा भईसकेको छ ।

नयाँ नोट बितरणको तयारी भइसके पनि कुन कुन बैंकबाट नयाँ नोट बितरण गर्ने भन्नेबारेमा पनि तय नभईसकेको जनाएको छ । यस बर्ष १३ देखि १४ अर्ब बराबरको नयाँ नोट बितरण गर्ने जनाईएको छ ।

Facebook Comments

३१ भाद्र २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु