रामधुनीमा दशनामी समाजको अध्यक्षमा रवि गिरि

न्यूपाटी
0
SHARES

दिपक पुरि
नडाहा । रामधुनी नगरपालिकामा रहेका दशनामी समुदायको मंगलवार भएको प्रथम नगर अधिवेशनले नेपाल दशनामी समाज नगर समिति गठन गरेको छ । रामधुनी वडा ७ कुमरखतमा भएको अधिवेशनले अध्यक्षमा रवि गिरि लाई सर्वसम्मत चयन गर्दै ९ सदस्यिय नगर समिति गठन गरेको हो । कार्यसमितिको उपाध्यक्ष अम्बिका गिरि, सचीव प्रज्वल पुरी, सहसचिव गिता बन, कोषाध्यक्ष मनिसा पुरी चयन भएका छन् ।

सदस्यहरु दिपक गिरि, लाल बहादुर पुरी, अन्जना गिरि, रुपा पुरि रहेको अधिवेशनमा जिल्ला प्रतिनिधि जिल्ला सचिव केशव पुरीले बताए । भेलामा रामधुनी नगरपालिका क्षेत्रमा बासोबास गर्दै आएका गिरि, पुरी, बन, भारती, पर्वत, सागर, सरस्वती, आरण्री, तिर्थ, आश्रम दश थरका समुदाय सहभागी थिए । नगर समिति रामधुनीका वडालाई समेटेर गठन गरिएको बताइएको छ ।

अधिवेशन उद्धघाटन समारोहमा जिल्ला सचीव केशव पुरीले दशनामि समाजको बारेमा प्रकाश पार्दै अरु जाति जस्तै दशनामी समुदायको आफनै पहिचान रहेको बताए । दशनामी समुदायको दाहसंस्था अन्य समुदायको भन्दा फरक रहेको बताउँद उनले भने ‘हामी शिवजीको भक्त भएकोले मृत्यु संस्कार गर्दा शिवजी जस्तै पलेटी कसेर बसाएर नुन हातमा लगाएर खाल्डा खनी राख्ने गरिन्छ ।’ नर बहादुर पुरीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल दशनामी जिल्ला अध्यक्ष रंगलाल गिरि प्रमुख अतित्यथा रहेको थियो ।

समारोहमा रामधुनी नगरपालिका वडा ७ का अध्यक्ष केशव गौतम कुमारखत सामुदायिक बनका अध्यक्ष चिरञ्जीवी भट्टराई, इटहरी नगर अध्यक्ष सुनसरी युवा समाज अध्यक्ष लगायत अतिथि सहभागी थिए । कार्यक्रम सञ्चालन प्रज्वल पुरी गरेका थिए ।

Facebook Comments

२५ भाद्र २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु