प्रधानमन्त्री ओली स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल

न्यूपाटी
0
SHARES

काठमडौ । सिंगापुरबाट लामो उपचारपछि फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन्।
। प्रधानमन्त्री बुधबार बिहानै अस्पताल जाँचका लागि पुगेका हुन् । बिहानै प्रधानमन्त्री पौने ९ बजेको समयतिर महाराजञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका हुन् ।

प्रधानमन्त्री फलोअपका लागि अस्पताल पुगेको बताईएको छ । यसबारेमा प्रधानमन्त्रीका चिकित्सक र सचिवालयले कुनै प्रतिक्रिया दिएका छैनन् । प्रधानमन्त्री मिर्गौलाको रोगबाट पीडित छन् । उनी १० दिन सिंगापुरमा उपचार गराएर फर्किएका थिए ।

Facebook Comments

२५ भाद्र २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु