दोस्रो चरणको जागरण अभियान

न्यूपाटी
0
SHARES

धनकुटा । हिमाल,पहाड,तराई र मधेस(हिपतम) भन्ने मुल नाराका साथ नेपाली कांग्रेसले संचालन गर्न लागेको दोस्रो चरणको जागरण अभियान अन्र्तगत नेपाली कांग्रेस धनकुटाले दुवै वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा संचालन गर्ने आज जनाएको छ ।

नेपाली कांग्रेसलाई जिवन्त दिदै सशक्त बनाउने उदेश्यले संचालन गरिएको दोस्रो चरणको जागरण अभियान अन्र्तगत धनकुटाका प्रदेश सभा निर्वाचन क्षेत्र नं. (क) को सागुरीगढीको डाडाबजार स्थित पर्यटकीय केन्द्र ध्वजे डाडामा र प्रदेश सभा नर्विाचन क्षेत्र नं. (ख) को पाख्रिवास नगरपालिकाको पाख्रिवास बजारमा को पर्यटकीय केन्द्र सनसरी ताल तलौया सिमसार क्षेत्रमा जागरण अभियानको उद्घाटन गरी भाद्र २४ गते गरी अशोज ७ गते सम्म संचालन गरिने नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

जागरण अभियानको उद्घाटन धनकुटको दुवै प्रदेश सभा निर्वाचन क्षेत्रमा महामानव यगु पुरुष वि पी कोईरालाको १०६ औ जन्म जयन्तीको अवसरमा भाद्र २४ गते प्रत्येक क्षेत्रमा १०६ वटा विरुवा रोपेर केन्द्रिय प्रतिनिधि र पार्टीका नेताहरुले उद्घाटन गर्ने नेपाली कांग्रेस धनकुटका कोषाध्यक्ष दिनेश राईले जानकारी दिनु भयो ।

नेपाली कांग्रेस केन्द्रिय समितिले दोस्रो चरणको जागरण अभियान संचालन गर्नका लागी धनकुटका प्रदेश सभा निर्वाचत क्षेत्र (क) का लागी नेपाली कांग्रेसका यूवा नेता विश्व दिप लिङदेन र प्रदेश सभा निर्वाचत क्षेत्र (ख) का लागी नेपाली कांग्रेसका नेता घनेन्द्र कुवरलाई केन्द्रिय प्रतिनिधिको रुपमा पठाएको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।

दोस्रो चरणको जागरण अभियान अन्र्तगत नेपाली कांग्रेस धनकुटाले धनकुटा जिल्लाको दुवै प्रदेश सभा निर्वाचन क्षेत्र अन्र्तगतका ६० वटै वडाहरु र ७ वटै पालिकामा रचनात्मक तथा सामाजिक कार्यहरु गर्दै अशोज ७ गते सम्म गरी १५ दिन जागरण अभियान संचालन गर्ने र जिल्ला सदरमुकाम धनकुटामा अशोज ७ गते भव्य रुपमा नारा जुलुस सहित समापन गर्ने कार्यक्रम रहेको जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

नेपाली कांग्रेस धनकुटाले यस अघि पनि पहिलो चरणको एक महिने जागरण अभियान अन्र्तगत सात वटै पालिकाका र ६० वटै वडाहरुमा कार्यक्रमहरु संचानल गरेको थियो ।

Facebook Comments

२३ भाद्र २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु