पाँचौं डनबस्को अन्तर बिद्यालय फुटबल प्रतियोगिता हुने

न्यूपाटी
0
SHARES

दिपक पुरी
नडहा । बराहक्षेत्र–७ चक्रघटी स्थित मर्निङ स्टार इङलिस स्कुलले पाँचौं डनबस्को अन्तर बिद्यालय फुटबल प्रतियोगिता आायोजना गर्ने भएको छ । बराहक्षेत्र नगरका १० सामुदायिक माविहरु प्रतियोगितामा सहभागी हुने आयोजक स्कुलका फादर बिनु जकोबले बताए । उनका अनुसार सहभागी विद्यालयहरुमा जनता माबी बराहक्षेत्र–३, ज.डे. ज.सरस्वती माबी धनपुरी बराहक्षेत्र–४, महेन्द्र माबी बराहक्षेत्र–७ महेन्द्र माबी बराहक्षेत्र–३ र आयोजक मर्निङ स्टार छन् ।

प्रतियोगितामा प्रथम विजेताले नगद रु.२५ हजार प्राप्त गर्नै छन भने उपविजेता नगद रु. १० हजारसहित ट्रफी प्राप्त गर्ने छन । अन्य बिधामा उत्कृष्टहरु लाई ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ। खेल बराहक्षेत्र ७ सगरमाथा क्लब जंगिचौकको खेल मैदानमा भदौ २९ देखि ८ गते सम्म संचालन हुनेछ ।

Facebook Comments

२३ भाद्र २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु