दक्षिण कोरियामा आएको आँधी उत्तर कोरियातर्फ

न्यूपाटी
0
SHARES

काठमाडौं । दक्षिण कोरियामा हालै आएको समुद्री आँधी बिस्तारै उत्तर कोरियातर्फ सरेको छ । दक्षिण कोरियाबाट प्रवेश गरेको समुद्री आँधी लिङलिङले उत्तर कोरियाका केही शहरका घरहरुमा क्षति पुर्‍याएपछि उच्च सतर्कता अपनाइएको छ भने देशमा आपतकाल घोषणा गरिएको छ ।

भारी वर्षासँगै आएको आँधीले उत्तर कोरियाका केही घरहरुमा समेत क्षति पुर्‍याएको छ भने यातायात र हवाई सेवा समेत अवरुद्ध बनेको छ ।

यसअघि दक्षिण कोरियामा आएको सोही समुद्री आँधीले राजधानी सोलमा दुई जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए ।आँधी प्रभावित हुन सक्ने शहरका मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । सोही समुद्री आँधीले दक्षिण कोरियाका १ सय ५० उडानहरु रद्द भएका कारण हजारौं यात्रु अलपत्र परेका छन् । एजेन्सी

Facebook Comments

२२ भाद्र २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु