नेपाल चिया बगान श्रमिक संघको केन्द्रिय परिषद युवा तथा महिला अधिवेशन सम्पन्न

न्यूपाटी
0
SHARES

बिर्तामोड । नेपाल ट्रेड युनियन काँग्रेस सँग आवद्ध नेपाल चिया बगान श्रमिक संघको केन्द्रिय परिषद तथा युवा तथा महिला अधिवेशन सम्पन्न भएको छ । नेपाल चिया बगान श्रमिक संघका केन्द्रिय अध्यक्ष दिपक तामाङ्गको सभापतित्वमा भएको अधिवेशनको प्रमुख अतिथि नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा केन्द्रिय सदस्य कृष्ण प्रसाद सिटौलाको रहेको थियो ।

सम्पन्न परिषद बैठकलाई संवोधन गर्दै प्रमुख अतिथी सिटौलाले नेपाल ट्रेड युनियन काँग्रेसले कार्ययोजना बनाएर स्थानिय तह सम्म काम गर्नु पर्ने र त्यसमा नेपाली काँग्रेसको पूर्ण समर्थन र सहयोग रहने कुरा बताउनु भयो ।पूर्व सांसद डिल्ली प्रसाद सिटौला तथा सुधिर शिवाकोटीको समेत उपस्थिती रहेको उद्घाटन सत्रमा बोल्दै नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समितीका कार्यवाहक अध्यक्ष महेन्द्र प्रसाद यादवले श्रम ऐन र योदानमा आधारित सामाजिक सुरक्षको पूर्ण कार्यान्वयनका लागी आन्दोलन नै गर्नु पर्ने अवस्था आएको बताउनु भयो ।

अर्का वक्ता नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नं १ का अध्यक्ष नारायणबाबु कार्कीले यूवा तथा महिलाहरुलाई विशेष प्राथमिकताका साथ ट्रेड युनियन आन्दोलनमा सरिक गराउने रणनीति अख्तियार गरिएको कुरा बताउनु भयो ।कार्यक्रमलाई नेपाली काँग्रेस,झापाका उप सभापती राम कट्टेल,नेपाली काँग्रेसका महासमिती सदस्य देउमान थेवे तथा नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रिय सदस्य उर्मिला ढकालले पनि संवोधन गर्नु भएको थियो ।

कार्यक्रममा चिया श्रमिक लागायत श्रम क्षेत्रका समस्याहरु उजागर गर्न विशेष भूमिका निर्वाह गर्नु हुने कान्तीपुर दैनिकका समाचारदाता खगेन्द्र राजवंशीलाई प्रमुख अतिथी सिटौलाले दोसल्ला ओढाउनुका साथै अभिनन्दन पत्र समेत हस्तान्तरण गर्नु भएको थियो ।

Facebook Comments

२२ भाद्र २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु