पुर्वेली चेली पारिजात बोलको गितको छाँयाकन सम्पन्न

न्यूपाटी
0
SHARES

इटहरी । सञ्चारकर्मी तथा गायक राजन क्षेत्रीको शब्द तथा संगित रहेको पुर्वेली चेली पारिजात बोलको गितको छाँयाकन सम्पन्न भएको छ । आधा दर्जन बढी गितहरुमा स्वर दिइ सकेकी गायिका सरिता राईको स्वरमा रहेको सो गितको छाँयाकन कार्य सम्पन भएको हो ।

पुर्बेली मारुनी लोक भाकामा रहेको सो गितको छाँयाकन सुनसरीको धरान र इटहरीका विभिन्न रमणीय क्षेत्रमा छाँयाकन गरिएको र चाँडै नै युटुव मार्फत सार्वजनिक गरिने गितकार तथा संगितकार क्षेत्रीले जानकारी दिए ।

पुर्बेली मौलिक शब्द र पुर्वकै धार्मिक ठाँउ धरानको दन्तकाली ,बुढा सुब्बा र इटहरीको मुक्तीधाम क्षेत्रमा सुटिगं गरिएको गितको मोडलमा बिपिन लिम्बु र सुस्मिता राईको अभिनय रहेको उनले वताए ।

Facebook Comments

२१ भाद्र २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु