इटहरीका संघ सस्थाद्धारा तीज भब्यताका मनाईयो (फोटो फिचरसहित)

न्यूपाटी
0
SHARES

इटहरी । बिभिन्न संघ संस्थाले इटहरीमा आज हरितालिका तीज भब्यताका साथ मनाएको छ । इटहरी लेडी जेसिज, पेस्को मेकअप स्टूडियो, संझना ब्यूटी पार्लर लगायतका संघ संस्थाले इटहरीको भिन्नाभिन्नै स्थानमा तीज कार्यक्रमको आयोजना गरेको हो । तीज बिशेष कार्यक्रममा ब्रतालु महिलाहरु तीजका गीतहरुमा नाच्न तत्पर देखिन्थे ।

सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि ‘श्री महादेव स्वामी पाऊँ’ भनी मनमनै कामना गरिरहेको भएपनि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिन तयारी गरेको थाहा पाइ सखीहरूले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले श्री महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका व्रत भन्ने गरिएको पुराणमा वर्णन गरिएको छ । महिलाहरुले आज उमामहेश्वरको पूजाराधना गरी तीज पर्व मनाएका हुन ।

महिलाहरु रातो ,पहेलो,बिभिन्न रंगिचंगी पोषाकमा सजिएर स्थानिय शिव मन्दिरहरुमा आराधना तथा पुजापाठ गरि व्रत बसी पूजा आराधनाका साथै नाचगान गरेर यो पर्व मनाएका हुन ।

 

 

Facebook Comments

१६ भाद्र २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु